प्रधानमन्त्रीद्वारा एक महिनाको तलब धुर्मुस सुन्तली फाउन्डेसनलाई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्रीद्वारा एक महिनाको तलब धुर्मुस सुन्तली फाउन्डेसनलाई



२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिनाको पारिश्रमिक धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका छन् ।

आज बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रकाश दाहालले फउन्डेसनलाई प्रधानमन्त्रीको तलब ७७ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

यसअघि भदौ पहिलो साता बालुवाटार पुगेका धुमुस-सुन्तलीलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिनाको तलब फाउन्डेसनलाई सहयोग गर्ने बचन दिएका थिए ।

गत वर्ष बैशाख १२ को भूकम्पपछि कलाकार धुर्मुस सुन्तली भूकम्प पीडितका लागि नमुना बस्ती बनाउने काममा जुटेका छन् ।