अर्घाखाँचीमा एमाले कार्यकर्ताद्वारा माओबादी कार्यकर्ताको कुटपिट ,घाईतेको उपचारको लागि काठमाडौं - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्घाखाँचीमा एमाले कार्यकर्ताद्वारा माओबादी कार्यकर्ताको कुटपिट ,घाईतेको उपचारको लागि काठमाडौं



अर्घाखाँची, असार १४

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडप भएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्र रूप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तिकारीका नेता नारायण खनाल घाइते भएका थिए ।

घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।