एमालेको प्रस्ताबमा माओवादी केन्द्र सकारात्मक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमालेको प्रस्ताबमा माओवादी केन्द्र सकारात्मक



काठमाडौं १६ असोज ।

आगामी चुनावमा तालमेल गर्ने नेकपा एमालेको प्रस्ताबमा माओवादी केन्द्र पनि सकारात्मक देखिएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले सबैदलसँग सबै ठाउामा तालमेल हुने र एमालेसँग बलियो तालमेल गर्न तयार रहेको बताएका छन् । एमालेले आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । एमालेको निर्णयपछि धारणा बनाउन माओवादी केन्द्रको बैठक बस्दैछ ।

 

माओवादी पनि परिवर्तनकारी शक्तिको पक्षमा भएकाले एमालेसंग तालमेल गरेर जान तयार रहेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन । नेपाली रेडियो नेनवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै उनले बलियो भएका ठाउामा एक्लै जाने र बाँकी ठाउामा तालमेल गर्ने बताइन । ‘हामी कांग्रेससँग पनि तालमेल गछौ एमालेसँग पनि गर्छौं ’उनले भनिनन, ‘अब कोसँग कसरी गर्ने भन्नेमा छलफल गछौं आज नै पनि हाम्रो बैठक छ कृही तय हुन्छ होला ।

’प्रदेश नम्बर २ को चुनावी परिणाममा कमजोर देखिएपछि पनि एमालेले सहकार्यको रणनीति लिएको ठान्नेहरुको पनि कमी छैन । अब नेपाली काँग्रेस पनि कसरी प्रस्तुत हुनसक्छ, त्यो पनि छलफलको विषय हुनेछ । तर एमाले लगायतको वामपन्थी शक्तिहरु मिलेर जाने सकारात्मक लिने उनले बताइन ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने सरकारको निर्णय अनुसार दलहरु तयारीमा लागेका छन् । नेपाली कांग्रेसले भने आथगामी चुनावमा काँग्रेस र माओवादी केन्द्रको सत्ता गठवन्धन कायम रहने दावी गरेको छ ।