कांग्रेसको साथ छोडेर एमालेसँग मिल्यो माओवादी केन्द्र - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कांग्रेसको साथ छोडेर एमालेसँग मिल्यो माओवादी केन्द्र



सुर्खेत- निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले सुर्खेतको चौकुने गाउँपालिकामा कांग्रेसको साथ् छोडेर एमालेसँग गठबन्धन गरेको छ ।

गाउँपालिकाको कार्यपालिका चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । कार्यपालिकाको चुनावका लागि दुई खुल्ला सदस्य र चार निर्वाचित महिला सदस्यहरू गरी छ पदका लागि चुनाव हुँदा एमाले र माओवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन ।

दुई बामपन्थी दलबीचको गठबन्धनबाट खुल्ला सदस्यमा शंकर कामी (नेकपा एमाले) र नेकपा माओवादी केन्द्रबाट उजिरे ढोलीले विजयी भएका छन् । यस्तै महिला सदस्यमा एमालेबाट कमला बिक तथा माओवादी केन्द्रले भने अम्बि बिक, पदमा बिक र हजुरा विष्ट विजयी भएका छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भने कांग्रेस र माओवादीबीच गठबन्धन बनेको थियो । चौकुने गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रबाट खड्क बिक र उपाध्यक्ष पदमा कांग्रेसका नरबहादुर बन्तोला गठबन्धनबाट निर्वाचित भएका थिए ।

१० वटा वडा रहेको चौकुने गाउँपालिकामा चार वडा नेकपा एमाले, चार वडा नेपाली कांग्रेस र दुई वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।