एमाले-माओबादीका नारायणकाजी र कांग्रेस-नयाँ शक्तिका बाबुराम !कसले मार्ला बाजी ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमाले-माओबादीका नारायणकाजी र कांग्रेस-नयाँ शक्तिका बाबुराम !कसले मार्ला बाजी ?



गोरखा /कात्तिक ५  

अन्ततः गोरखामा न नेपाली कांग्रेसले नयाँ शक्ति पार्टीबीच  तालमेल  भएको छ। तालमेल संगै गोरखा २ बाट नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई  साझा उमेद्वार बनाएको छ।

गोरखा २ मा प्रतिनिधिसभामा भट्टराईलाई कांग्रेसले सघाउने सहमति भएको कांग्रेस उच्च स्रोतले जनायो। तर भट्टराई आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुंगो भने  लागेको छैन।

कांग्रेसको शुक्रबार बेलुकी बसेको बैठकले गोरखा १ मा प्रतिनिधिसभा सदस्यका लागि केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठलाई टिकट दिएको छ। कांग्रेस उमेद्वारलाई क्षेत्र नंं १ मा नयाँ शक्तिले सघाउने छ।

यस्तै गोरखा १ को क प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले धिरन थापालाई टिकट दिएको छ। प्रदेश ख मा राजेन्द्र बजगार्इँले टिकट पाएका छन्।

यस्तै २ को प्रदेशसभा क  नयाँ शक्तिले पाएको छ । नयाँ शक्तिले हरिशरण आचार्यलाई  टिकट दिने  निर्णय गरेको छ ।भने ख बाट  कांग्रेसका प्रकाश दवाडीले टिकट पाएका छन् ।

कांग्रेसको समर्थनमा उम्मेदवार बनेका भट्टराई र एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठबीच आउँदो मंसीर १० गते चुनावी प्रतिस्पर्धा हुनेछ।

साथै वाम गठबन्धनमा सहभागी एमालेलाई गोरखामा एउटा प्रदेश दिएर अरु माओवादीले राखेको छ। क्षेत्र १ को ख प्रदेशमा एमालेका तर्फबाट केन्द्रिय सदस्य रामशरण बस्नेत चुनावी मैदानमा छन्। गठबन्धनबाट गोरखा १ मा माओबादीका हरि अधिकारीले टिकट पाए भने प्रदेश क मा लेखबहादुर थापाले टिकट पाएको माओवादीले जनाएको छ।

वाम गठबन्धनबाट गोरखा २ प्रतिनिधसभामा नारायणकाजी श्रेष्ठले टिकट पाएका छन्। यस्तै प्रदेश क मा कमला नहर्की र ख मा अमर तमुले टिकट पाए।