एमालेलाई गुल्मीमा अर्को सफलता :रेसुङ्गा नगरपालिका मेयरमा भुषाल बिजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमालेलाई गुल्मीमा अर्को सफलता :रेसुङ्गा नगरपालिका मेयरमा भुषाल बिजयी



हिमल पोस्ट /गुल्मी १७ 

गुल्मीको रेसुङ्गा नगरपालिकामा एक सय ४७ मतअन्तरले एमालेका डिल्लीराज भुसाल मेयरमा बिजयी भएका छन् । भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवनप्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै उपमेयरमा नेकपा एमालेकै सिता भण्डारी बिजयी भएकी छन् ।

उनले सात मतको मात्र मतान्तरले कांग्रेसकी उपमेयर पदकी उमेदवार अमृतादेवी कुँवरलाई पराजित गरेकि छन् । भण्डारीले छ हजार दुई सय २८ र कुवंरले छ हजार दुई सय २१ मत प्राप्त गरेकी छन् ।