एलेप्पो क्षेत्रमा फसेका सर्बसाधारणलाई आजदेखि बाहिर निकालिने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एलेप्पो क्षेत्रमा फसेका सर्बसाधारणलाई आजदेखि बाहिर निकालिने



हिमाल पोष्ट / ३० मंसिर, काठमाडौं ।

सिरियाको पूर्वी एलेप्पो शहरमा फसेका हजारौ सर्वसाधारणलाई बाहिर निकाल्न दुवै पक्ष सहमत भएका छन् ।

सरकारी सेना तथा विद्रोही दुवैपक्ष सहमत भएपछि विद्रोहीको कब्जामा रहेका सर्वसाधारणलाई आजबाट बाहिर निकालिने भएको हो । विद्रोहीले कब्जामा परेका लडाकु र सर्वसाधारणलाई आजबाट बाहिर निकाल्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

_92975972_1c9ee368-306f-45ad-b71f-889cca9719ca

यसअघि मंगलबार भएको सम्झौता भने अर्थहीन भएको थियो । सम्झौताअनुसार विद्रोहीको कब्जामा रहेकाहरुलाई बुधबार बाहिर निकाल्ने भनिएको थियो । तर सम्झौतालगत्तै युद्धविरामको अन्त्य भएपछि त्यो प्रयास सफल भएको थिएन । विद्रोही समूहले केहीघण्टामै फसेकाहरुलाई बाहिर निकाल्न सुरु गरिने जानकारी दिएका छन् ।

 

सरकारी अधिकारीहरुले एलेप्पोमा कम्तिमा १५ हजार सर्वसाधारण बाहिर निकाल्ने अनुमति दिने बताएका छन् । तर विद्रोहीका एक प्रवक्ताले घाइतेहरुलाई मात्र बाहिर जान दिइने बताएका छन् ।