के कारणले आँखा पहेलो हुन्छ ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

के कारणले आँखा पहेलो हुन्छ ?



मानिसको आँखाले धेरै कुरा बयान गर्छ । व्यक्तिको व्यक्तित्वदेखि उसको मनोभावसमेत आँखामा पढ्न सकिन्छ ।  यसले स्वास्थ्य अवस्थाको जानकारी पनि दिन्छ । जब सेता आँखा पहेंलो देखिन थाल्छ त्यसबाट कमलपित्तको कारण बन्ने परिवर्तन शरीरमा सुरु भएको संकेत मिल्छ । कमलपित्तको अवस्थामा छाला, नङ र आँखा पहेंलो हुन्छ । रगतमा विलरुविन नामको तत्वको आधिक्यताले कमलपित्त गराउँछ । हाम्रो शरीरमा पित्तमा पाइने फाल्तु तत्वको विलरुविन ।

रगतमा विलरुविन धेरै भएमा त्यो छाला र आँखाका तन्तुहरु भित्र पस्छ र पहेंलोपना उत्पन्न गर्दछ ।  कमलपित्तले मुख्यगरी आँखाको अघिल्लो भागमा प्रभाव पर्छ । तर, नानीमा कमलपित्तको कुनै प्रभाव पर्दैन । नवजात शिशुमा प्रायः कमलपित्त देखिन्छ । किनभने उनीहरुको कलेजो पूर्ण विकास भएको हुँदैन । जन्मको दुईदेखि चार दिनमा सामान्यतया कमलपित्त देखिने गर्छ । कमलपित्त भएमा नवजात शिशुको आँखा समेत पहेंलो देखिन्छ । कमलपित्त देखिएका धेरैजसो नवजात शिशुमा जसै कलेजो परिपक्व हुँदै जान्छ र यो समस्या आफैं हराएर जान्छ । आमाले पर्याप्त मात्रा दूध नखुवाउँदा शरीरमा विलरुविनको सफाई हुन पाउँदैन र कमलपित्त देखिन्छ ।  कहिलेकाँही आमाको रगत र शिशुको रगत मिल्ने समूहमा परेन भने गर्भावस्थामै आमाको शरीरले शिशुको रातो रक्तकोषहरुमा आक्रमण गरेर क्षति पुर्याउँछ । जन्म पहिले नै आमाको एन्टिबडीको प्रहारबाट शिशुको रातो रक्तकोष नष्ट भएर उत्पन्न भएको कमलपित्त जन्मको एक दिनसम्म रहनसक्छ ।  यसैले आँखा पहेंलो देखिनुमा कमलपित्त मुख्य कारण भएको स्पष्ट छ ।

तथापि आँखा पहेंलो देखिनुमा सधैं कमलपित्त नै जिम्मेवार हुँदैन । पहेंला र सुन्तला रङका तरकारी र फलफूल धेरै खाँदा पनि आँखा पहेंलिन्छ । नवजात शिशु बाहेक बालबालिका, किशोरावस्था, व्यस्कावस्थामा आँखा पहेंलो हुनु सामान्य कारण हुँदैन । यस्तो भएमा उपचार आवश्यक पर्दछ ।

यस्ता छन्, सम्भावित कारणहरु

– कलेजोको रोग ।

– रातो रक्तकोषहरु निकै छिटो विघटित हुन थाल्नु ।

– पित्तबाहिनी नली अवरुद्ध हुनु ।

– औंलो रोग ।

– प्यान्क्रियाजमा संक्रमण

– कलेजो र प्यान्क्रियाजको क्यान्सर

गोरखापत्रबाट