चर्चित गायिका रेखा जोशी र संसार धामिको 'फस्का २' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चर्चित गायिका रेखा जोशी र संसार धामिको ‘फस्का २’ सार्वजनिक (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।
चर्चित गायिका रेखा जोशी र गायक संसार धामिको केहि समय पहिला सार्वजनिक भएको “उसै फस्का लाउदी छै” बोलको देउडा गितको अपार सफलतापछि उत्त जोडिले पुनः अर्को देउडा गित सार्वजनिक गरेको छ ।

“उसै फस्का लाउदी छै” को भाग दुई ’हाल विरे कानोदो झोला’ गीतको म्युजिक भिडियो बुधबार सुदुर पश्चिम् देउडा युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

के.एस.सोनीको शब्द तथा गायक संसार धामीको संगित रहेको उक्त गितमा विनोद बाजुरेलीले एरेन्ज भरेका हुन् भने
गितको मालाश्रि रेकर्डिङ स्टिडियोमा रेकर्ड गरिएको हो ।

निर्देशक भिम विष्ट (अछामि रेखा) द्वारा निर्देशन गरिएको उत्त म्युजिक भिडियोमा संचारकर्मी कुशुम धामि र अर्जुन बिकको अभिनय देख्न सकिन्छ ।

साहिल चौधरीको सम्पादन तथा दया शंकर चौधरी र साहिल चौधरीको छायांकन रहेको उक्त म्युजिक भिडियोको घोडाघोडी नगरपालिकामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा अभिनय गरिएको दृश्य देख्न पाइन्छ ।

भिडियो हेर्नुहोस :