गुल्मीको विकास र सम्बृद्धिका लागि प्रतिबद्ध छु : फौदार - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गुल्मीको विकास र सम्बृद्धिका लागि प्रतिबद्ध छु : फौदार



बुटवल : नेपाली कांग्रेसबाट गुल्मी क्षेत्र न १ प्रदेशसभा अन्तरगत क का उम्मेदवार पृथ्वबहादुर फौदारले जनताका साना साना अपेक्षा पुरा गर्न र युवाहरुको भावना समेट्न प्रतिबद्ध रहेको बताएका छन् ।

टिकट पाएसंग बुधबार बुटवलमा आर्घा दर्जन कार्यक्रममा सहभागि भई गुल्मीको विकास र सम्बृद्धिका लागि काम गर्ने बताए ।

बुद्ध सामुदायिक टेलिभिजनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सबैको भाबना समेटर अघि बढ्ने बताए ।

बिस २०३१ सालमा गुल्मी साबिक शान्तिपुर २ हाल चन्द्रकोट ४ मा जन्मिएका फौदार सिफारिसमा परेका अन्य उम्मेदबार भन्दा निकै बलिया र शशक्त उम्मेदबार मानिन्छन् ।

उनी भन्छन् —‘स्थानीय तहको निर्वाचन २०७४ मा गुल्मी क्षेत्र न १ मा कांग्रेसलाइ जिताउन अग्र पंतीमा भुमिका खेलें ,पार्टी राजनीतिमा २०४६ बाट नै सकृय छु । ’ उनले स्थानीय तहको निर्वाचन २०७४ मा क्षेत्र न १ को निर्वाचन प्रचार प्रसार मूल समितिका संयोजक भएर कांग्रेसलाइ जिताएका थिए ।

‘सिफारिस हुनु ठूलो कुरा होइन् ,टीकट पाए जितेर देखाउछु’ उनले भने । निकै जुझारु,प्रष्ट र प्रखर बक्ता समेत रहेका फौदार ४८ सालदेखि पार्टीमा कृयाशिल रुपमा निरन्तर काम गरिरहेको नागरिक आवाजसंगको कुराकानीमा बताउछन् ।

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि सवै दलले उम्मेदवारको टुंगो लगाएका छन् । नेपाली कांग्रेसले गुल्मीका सबै सिटमा उमेदवारको टुङगो लगाएको छ ।

दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश रहेको गुल्मीमा नेपाली कांग्रेसले १ नम्वर क्षेत्रबाट चन्द्र भण्डारीलाई र २ बाट चन्द्र केसी उमेदवार बनाएको छ ।

त्यस्तै बाम गठबन्धनबाट नेकपा एमालेका प्रदिपकुमार ज्ञवाली क्षेत्र नम्वर १ बाट र गोकर्णराज विष्ट क्षेत्र नम्वर २ बाट उमेदवारी दिने भएका छन् ।

गुल्मी क्षेत्र नम्वर १ को क प्रदेशमा नेपाली कांग्रेसले बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष युवा नेता पृथ्वबहादुर फौदार र ख प्रदेशमा धनेन्द्र कार्की सिफारिस भएको नेपाली काग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नम्बर २ बाट ‘क प्रदेश सभा उमेदवार शालिक पन्थी र ख प्रदेशमा छन्दबहादुर पहराई सिफारिस भएको श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नम्वर १ को क प्रदेशमा माओवादी केन्द्रका सुर्दशन बराल र ख प्रदेशमा एमालेबाट कमलराज श्रेष्ठ उम्मेदवार सिफारिस भएका छन् गठबन्धनबाट क्षेत्र नम्बर २ को प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थी सिफारिस भएको बाम गठबन्धनले जनाएको छ ।