यस्तो छ ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको चुनाव - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

यस्तो छ ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको चुनाव



काठमाडौं-

बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् ।

२०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी यसपटक पुन: उम्मेदवार बनेका हुन् ।

‘लाहुरे’ पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी जिल्लामा एक्ला उम्मेदवार भने होइनन् । प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा कांग्रेसबाट यमलाल फगामी उठेका छन् । भारतीय सेनाबाट अवकास पाएपछि राजनीतिमा प्रवेश गर्नेबित्तिकै उनले पार्टीबाट टिकट पाए ।

त्यस्तै कांग्रेस र राप्रपाको गठबन्धनबाट प्रदेश ‘क’ मा राप्रपाका भीमप्रसाद गौचन उम्मेदवार छन् । पञ्चायतकालमा दरबारसँग निकट सम्बन्ध राख्ने र  धेरै विवादमा मुछिएका उनी अहिले पनि चुनावी प्रस्पिर्धामा छन् । गौचन भारतीय सेनाबाट जागिर अवधि पुरा नहुँदै फर्किएका हुन् ।

म्याग्दीको राजनीतिमा पञ्चायतकालदेखि नै ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको दबदबा छ । राजनीतिक पार्टीदेखि सामाजिक संघसंस्थासम्म यही पृष्ठभूमिका व्यक्तिको पकड रहिआएको छ । बेलायती, भारतीय र नेपाली सेनाबाट अवकास पाएकाहरु सामाजिक संघसंस्था र राजनीतिमा जोडिएका छन् । अनुशासित, इमानदार, आर्थिकरूपले सबल हुने भएकाले दलहरूले पनि उनीहरुलाई नै उम्मेदवार बनाउने गरेका छन् ।, यो खबर हिमालपोष्टको लागि आजको कान्तिपुरबाट लिइएको हो ।