१७ वर्ष लापत्ता अर्घाखाँचीका ढालबहादुर, फेसबुकको सहायताले फेला। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

१७ वर्ष लापत्ता अर्घाखाँचीका ढालबहादुर, फेसबुकको सहायताले फेला।



कमल बिस्ट /कार्तिक २४

विदेश गएर मनग्य पैसा कमाउने आफ्नो परिवार लाई सुख दिने सपना बोकेर वैदेशिक रोजगारको लागि १७ वर्ष पहिले मलेसिया गएका सन्धिखर्क ३ सेनडाडा निवासी शिव बहादुर भाटका छोरा ढाल बहादुर भाट मलेसिया गएको १ वर्ष पछि नै सम्पर्क बिहिन भएपछि घरपरिवार लाई ठुलो शोक आइलाग्यो, विदेशबाट छोराले पैसा कमाएर ल्याए घरको समस्या समाधानमा टेवा पुग्ला कि भनेर सोचेका बुवा आमा लाई छोरो नै लापत्ता भएपछि दुखको पहाड नै खस्यो ।

विदेशको बिरानो ठाउँ सहजै आफै पुगेर खोजी गर्न समेत असम्भव भएपछि पिता शिबबहादुरले पटक पटक विदेशमा रहेका आफन्तजनहरु लाई खोजी गरिदिन आग्रह त गरे तर छोरो आउने पर्खाइमा भाट परिवारले पिडामा १७ वर्ष पार गर्दा पनि अहिले सम्म सम्पर्कमा आएनन ।

मलेसियामै रहेका निजका आफन्त भाइ अर्घाखाँची भुमिकास्थान नगरपालिका -९ ढिकुराका छवि लाल गिरिले यस अघि पनि मलेसियामा प्रकाशित पत्रपत्रिका मार्फत सूचना जारी गरी खोजी गरेता पनि सम्पर्क भएको थिएन , तर गत कार्तिक १२ गते गिरिले सम्पर्क बिहिन भएका भाटको मलेसिया गए लगत्तै खिचेको तस्बिर, बुवा आमा को फोटो निजको नागरिकताको फोटो सहित सम्पूर्ण विवरण फेसबुक बालमा पोस्ट गरेपछि विभिन्न साथीहरूले सेयर गर्दैजादा उनी सम्पर्कमा आएका छन्, उनलाई अब घर पठाउने तयारी भइरहेको गिरिले बताए, हाल उनी मलेसियाको क्वालालम्पुर स्थित एक कम्पनीमा अवैधानिक कामदारको रूपमा कार्यरत छन् ।

गिरिका अनुसार आवश्यक कागज पत्र सङ्कलन गरी उनी आगामी डिसेम्बर सम्म नेपाल आइपुग्ने छन् ।