फेरी सांसदको सुविधा चारगुणा बढ्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फेरी सांसदको सुविधा चारगुणा बढ्दै



हिमाल पोस्ट / ३ मंसिर, काठमाडौं । व्यवस्थापिका संसदमा पेस भएको ‘संभीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा’ सम्बन्धी यिवधेयकमा कांग्रेस एमाले र माओवादीले चारगुणासम्म सुविधा बृद्धिको प्रस्ताव गरेका छन् ।

तीन दलका ११ सांसदको संयुक्त हस्तारक्षरसहित बिहीबार दर्ता गराएको संशोधन प्रस्तावमा सांसदको सुविधा चारगुणासम्म थप गर्न प्रस्ताव गरिएको सामाचार आजको राजधानी दैनिकमा समाचार छ ।

सांसदहरुको तलब र सुविधा बृद्धि गर्न संसदमा दर्ता भएको संशोधन विधेयक ‘विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकत भइसकेको छ ।

सो विधेयकमा संशोधनका लागि दिइएको ७२ घण्टेसमय सकिने अन्तिम दिन उनीहरुले सुविधा तप बृद्धि हुनेगरी प्रस्ताव दर्ता गराएका हुन् ।

दर्ता भएको संशोधन प्रस्ताव हुबहु पारित भए अब एकजना सांसदले पारिश्रमिकबापत मासिक १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्नेछन् ।