पाँचतारे होटलको खानामा अखाद्य वस्तु भेटिएपछि हंगामा, खानेको जिब्रोनै काटियो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

पाँचतारे होटलको खानामा अखाद्य वस्तु भेटिएपछि हंगामा, खानेको जिब्रोनै काटियो



काठमाडौँ, १६ कत्तिक

नेपालकै चर्चित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको मेघामल्हर कन्फे्रस हलमा अखाद्य वस्तु भेटिएको छ ।

बिहीबार साझ कतार एयरवेजको कार्गाे एजेन्सीहरुका लागि आयोजाना गरेको अवार्ड कार्यक्रम पछिको भोजमा डेजर्टमा भेटिएको सीसाले एकजनो एक्जिक्यूटीभको जिब्रो नै काटिएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार एकाएक ती एक्जिक्यूटीभले चपाउदै गरेको मुख बिगार्दै र सावधानी अपनाउदै भनिन् ,” ओ माई गड ! सिसा आयो ।” मुखमा चपाइहेको रसमलाई उनले हातमा थुक्दै ओम अली राखेको प्लेटमा फुत्त फालेकी थिइन् । सिसा प्लेटमा फालेको केही समयमा उनले प्लेटमा समेत थुकेकी थिइन् । उनले थुक्दा रगत समेत निस्किएको थियो ।
के भन्छन् होटेल निर्देशक
होटल सोल्टीमा भएको यस्तो घटनापछि होटलका फुड एण्ड वेभरेज निर्देशक बलराम पाठकले घटनालाई गम्भीर रुपमा लिएको र छानबिन गर्ने बताए ।