पत्रकार महासंघ रुपन्देहीको निर्वाचन समितिले निष्पक्ष भूमिका नखेलेको भन्दै युनियन सम्वद्ध प्यानलको आपत्ति - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पत्रकार महासंघ रुपन्देहीको निर्वाचन समितिले निष्पक्ष भूमिका नखेलेको भन्दै युनियन सम्वद्ध प्यानलको आपत्ति



हिमाल पोस्ट /बुटवल ७ 

नेपाल पत्रकार महासंघ रुपन्देहीमा फागुन ३ गते सम्पन्न दशौं अधिबेशनमा निर्वाचन समितिले निष्पक्ष भूमिका नखेलेको भन्दै प्रेस युनियन सम्वद्ध प्यानलले आपत्ति जनाएका छन् ।
अधिवेशनमा निर्वाचन समितिले स्वच्छ र निश्पक्ष भूमिका नखेलेको,मत गणनाका क्रममा सचिव पदमा (१ सय २९ मत) लगायतका पदमा बराबर परिणाम आएपनि एकपक्षलाइ जिताइएको र प्राप्त भएको मतलाई समेत निर्वाचन समितिले पूर्वाग्रही रुपमा घटाएर (१ सय २६ ) लज्जास्पद र आपत्तिजनक निर्णय गरेकाले त्यसलाई तुरुन्त सच्याउन या पुन निर्वाचन गराउन समेत माग गरिएको हो ।

निर्वाचनका क्रममा बनेको लोकतान्त्रिक गठबन्धनको शनिबार बुटवलमा बसेको संयुक्त बैठक पछि जारी गरिएको विज्ञीप्तीमा निर्वाचन समितिले दिएकै मतपत्रमा मतदाताले आफ्नो मत प्रकट गरेपनि उक्त मतको सम्मान नगरी एक पक्षिय रुपमा मत परिणाम सार्वजनिक गरिएकाले मतदाता प्रति नै घोर अपमान भएको उल्लेख गरिएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का, नेपाल प्रेस सोसाईटी रुपन्देहीका अध्यक्ष रमेश पोखरेल र संघीय पत्रकार परिषदका केन्द्रीय सदस्य सोनु थापाद्वारा जारी विज्ञप्ती मार्फत निर्वाचन समितिले उक्त निर्णय सच्याउन या ती पदहरुमा पुन निर्वाचन गराउन माग गरिएको छ ।

अन्यथा पत्रकार महासंघ रुपन्देहीका बिरुद्ध कडा खालका आन्दोलन गर्ने समेत चेतावनी दिईएको छ ।नेपाल पत्रकार महासंघ रुपन्देहीको यहि फागुनको तीन गते जिल्ला अधिवेशन भएको थियो ।

अधिवेशनमा निर्वाचन समितिले निश्पक्ष भूमिका नखेलेका कारण मतदान प्रकृया देखि मत गणनासम्म पूर्वाग्रही भएर निर्वाचन समितिले काम गरेको बैठकले निश्कर्ष निकालेको छ ।अधिबेशनले यानेन्द्र जिसिको नेतृत्वमा नया समिति निर्वाचित गरेको छ ।

प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतशिल पत्रकार संघको संयुक्त प्यानल अधिकांस पदाधिकारीमा विजयी भएको थियोे ।