घुस लिएको फोटो खिच्दा थुनिए पत्रकार - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

घुस लिएको फोटो खिच्दा थुनिए पत्रकार



जनकपुरधाम- नेपाल भारत सीमामा पर्ने जनकपुरधामस्थित जटही छोटी भन्सारका कर्मचारीले पत्रकारलाई कार्यालयमा थुनेर दुर्ब्यवहार गरेका छन् ।

जटही भन्सारका कार्यालय सहयोगी राम बहादुर कापरले सेवाग्राहीसगँ घुस लिदै गरेको फोटो खिच्दा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य सन्तोष बराइली र नेपाल समाचारपत्रका सिरहा संवाददाता शुभेन्द्र दासलाई त्यहाँ कार्यारत कर्मचारीहरुले दुर्ब्यवहार गरेका हुन् ।

कार्यालय सहयोगीहरुले जटही छोटि भन्सारमा खुल्लामखुल्ला घुस लिने गरेको जनगुनासो बढेपछि पत्रकार बराइली र दास स्थलगत रिपोटिङ्का लागि भन्सार कार्यालय पुगेका थिए ।

उक्त भन्सार कार्यालयमा कार्यारत सहयोगीहरु कापर , वैजनाथ लाल कर्ण , निर बहादुर कटुवाल र विजय मण्डलले सेवाग्राहीसगँ अनधिकृत रुपमा उठाएको पैसा प्रत्येक दिन बेलुकी सबै कर्मचारीलाई दामासाही रुपमा बाँड्ने गरेको बताएका छन् ।

कार्यालय सहयोगीहरु अनुसार जटही छोटी भन्सारमा नायव सुब्बा श्याम मण्डल प्रमुख छन् । प्रमुख मण्डल तालिमको सिलसिलामा काठमाण्डौ गएको बताईएको छ । त्यस्तै नायव सुब्बा नविन कुमार पाण्डे उक्त छोटी भन्सारका ईञ्चार्जका रुपमा कार्यारत छन् ।

त्यस्तै अर्का नायव सुब्बा अहमद रजा अन्सारी पनि यहि छोटी भन्सारमा कार्यारत छन् भने राज किशोर साह कम्प्युटर अपरेटरका रुपम कार्यारत छन् ।
नेपाल पत्रकार माहासँघ काठमाण्डौ , पत्रकार महासँघ सिरहा शाखा र प्रेस संगठन नेपालका केन्द्रिय सहसंयोजक गणेश बस्नेतले एक विज्ञप्ति जारी गर्दै जटही छोटी भन्सारमा पत्रकार बराइली र दास माथी कर्मचारीले गरेको दुब्र्यवहारको भत्सर्ना गरेका छन् ।

पत्रकार माहासघँ काठमाण्डौका अध्यक्ष शान्ताराम विडारी र सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारमाथी दुब्र्यवहार गर्ने जटही छोटि भन्सारका सबै कर्मचारीलाई तत्काल कार्वाही गर्न सरकार सगँ माग गरेको छ । दोषी कर्मचारीलाई तत्काल कार्वाही नगरे नेपाल पत्रकार माहासँघले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका कार्यालय प्रमुख नारायण सापकोटाले जटही छोटी भन्सारमा खुल्लाम खुल्ला सेवाग्राहीहरु सँग अनाधिकृत रकम असुल गर्ने गरेको दर्जन भन्दा बढि उजुरी परेको बताउँदै उक्त भन्सार कार्यालयमा अख्तियारले सुक्ष्म निगरानी बढाएको जानकारी दिए र
यसैबिच धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँणेलले पत्रकारमाथि दुब्र्यवहार गर्ने र घुस लिने कर्मचारीलाई तत्काल कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रजिअ कणेलले धनुष जिल्लाभर केन्द्र सरकार मातहातका सरकारी कार्यालयहरुमा भ्रष्टचारविरुद्ध शुन्य सहनसिलता अभियान समेत सुरु गरेका छन् ।