अनिष्टको संकेत गर्दै गगन थापाले भने: प्रधानमन्त्रीको संकेत राम्रो छैन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अनिष्टको संकेत गर्दै गगन थापाले भने: प्रधानमन्त्रीको संकेत राम्रो छैन



काठमाडौं- पूर्वमन्त्री तथा कांग्रेस नेता गगन कुमार थापाले प्रधानमन्त्री ओलीको संकेत राम्रो नभएको बताएका छन् । उनले प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत भएको भन्दै कडा टिप्पणी गरेका छन् ।

आफ्नै पार्टीभित्र समेत कार्यशैली राम्रो नभएको र एकलौटी गर्न खोजेको आरोप लगाउंदै राजिनामा मागिएका बेला थापाले उनको नियतमाथि प्रश्न उठाएका छन् । थापाले लगानीबोर्डको सीईओ नियुक्ति प्रकरणलाई प्रधानमन्त्री ओलीको ‘लाल बिचौलियावाद’को संज्ञा दिएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई न लोकसंग कुनै डर भएको न विधिसंग डर भएको भन्दै केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ मात्रै भएको समेत आरोप लगाएका छन् । प्रधानमन्त्रीको यस्तो कार्यलाई उनले निर्लज्जता बताएका छन्

उनले लेखेका छन्:

लगानी बोर्डको सीईओ नियुक्ति प्रकरण: ‘लाल बिचौलियावाद’ को अर्को उदाहरण !
प्रधानमन्त्री ओलीलाई न लोकसंग कुनै डर छ न विधिसंग । छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ।
निर्लज्जता !

प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो।