काठमाडौं ४ बाट गगन कुमार थापा विजयी - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

काठमाडौं ४ बाट गगन कुमार थापा विजयी



काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ । अब गन्ने मत भन्दा गगनको अग्रता बढी भएपछि उनी अनौपचारिक रूपमा विजयी भैसकेका छन् ।

४ हजार ८८१ मत गणना बाँकी छँदा कांग्रेसका थापाले ५ हजार ९९१ मतको अग्रता लिएका छन् । कांग्रेसका थापाले १९ हजार १४ मत प्राप्त गर्दा एमालेका डा. राजन भट्टराईले १३ हजार २३ मत पाएका छन् ।

गगन २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए । अघिल्लो पटक पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।