गगनमाथि वाइसिएल इन्चार्ज "फायर"- घण्टीसँग मिलेर माओवादीका नेता हराएको आरोप - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गगनमाथि वाइसिएल इन्चार्ज “फायर”- घण्टीसँग मिलेर माओवादीका नेता हराएको आरोप



काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज राम प्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापामाथि गम्भीर आरोप लगाएका छन् ।

माओवादीका उम्मेदवार लगातार पराजित भएपछि सापकोटाले उनीमाथि फायर खोलेका छन् । सापकोटाले घण्टीसँग मिलेर गठबन्धनका उम्मेदवारलाई गगनले हराएको आरोप लगाएका छन् ।

काठमाडौं र ललितपुरमा गठबन्धनतर्फ माओवादी केन्द्र र नेकपा एसका सबै उम्मेदवार पराजित भएपछि सापकोटाले गगन थापा र उनको टिमले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा गठबन्धनका सहयात्रीहरुलाई हराएको दावी गरेका हुन् ।

सापकोटाले भनेका छन्–नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ,हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना !
हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्विकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।’