मासुको पोष्टरमा गाई, हिन्दूत्वमाथि प्रहार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मासुको पोष्टरमा गाई, हिन्दूत्वमाथि प्रहार



काठमाडौं । गाईको विषयलाई लिएर आज एकाएक सामाजिक सञ्जाल तात्यो । पशु सेवा विभागले दसैंलाई लक्षित गर्दै एउटा पोस्टर सार्वजनिक गर्‍यो । जसमा लेखिएको थियो ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ ।

उक्त पोस्टरमा तयारी मासु, कुखुरा, माछा, भैसी, भेडा, बंगुर, बाख्रा, चरा र दाना राखिएको थियो । सँगै थियो चर्दै गरेको मालिगाईको तस्बिर पनि । त्यही तस्बिरलाई लिएर सामाजिक सञ्जाल तातेको हो ।

सरकारबाट नै गाई काट्न प्रवर्द्धन भएको भन्दै सरकारको कडा आलोचना भएको छ । सुधाम्सु केसी नामक ट्विटर प्रयोग कर्ताले खेकेका छन्, ‘नेपाल सरकारको निकायबाट नै गाईको मासुको प्रवर्द्धन ?’ भन्दै आलो चना गरेका छन्। यस्तै संघर्ष नामक अर्का सामाजिक सञ्‍जाल प्रयोग कर्ताले पनि काई काट्न प्रतिबन्ध छ भन्‍न‍े पशुविभागलाई थाहा छैन भन्दै सरोकारवाला निकायलाई प्रश्न गरेका छन् ।

यी दुई त उदाहरण मात्र हुन् । थुप्रैले सामाजिक सञ्जालका भत्ता भरी यस कदमको विरोध गरिएको छ ।

नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको तस्बिर राख्दा सबैमा आक्रोस बढेको हो ।

त्रुटिप्रति विभागले माग्यो माफी

स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्बिरर परेकोमा पशु सेवा विभागले भने माफी मागेको छ ।

विभागका महानिर्देशक डा. वंशीधर शर्माले विज्ञप्ति जारी गरी पोस्टर छपाईमा भएको त्रुटिका कारण गाईको तस्बिर भूलवश परेको भन्दै क्षमायाचना गरेका छन् ।

‘हाल उक्त त्रुटिलाई सच्याइसकिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको त्रुटिप्रति पशुसेवा विभाग हार्दिक क्षमायाचना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

विभागका प्रवक्ता डा.चन्द्र ढकालले जनचेतनाको लागि पोस्टर डिजाइन गरिएको बताए । ‘कुनै गलत नियत राखेर यो काम गरिएको होइन,’ उनले भने ।

यस सम्वन्धमा मंगलबार बिहान बसेको बैठकमा समेत छलफल भएको छ । बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने गरी निर्णय भएको ढकालले बताए ।
विभागले हाल बजारमा पठाएको पोस्टर संकलन गरिरहेको छ ।

पोस्टर डिजाइनमै चरम लापरवाही

पोस्टरका अन्य तस्बिरहरूमा पनि ध्यान दिइएको छैन । स्वच्छ मासु भनिएको पोस्‍टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्बिर पनि राखिएको छ । के यो स्वस्थ मासुको उदाहरण हो त ?

औपचारिकता पूर्तिका लागि गरिएको जस्तो देखिने काममा सरोकारवाला निकायले ध्यान पूर्वक काम नगरेको यसले झनै प्रस्ट गरिदिएको छ ।

यसले पशुसेवा विभागमा झारो टार्ने र योग्यता नपुगेका कर्मचारी प्रसस्तै छन् पुस्टि गर्दछ ।

जबसम्म प्रत्यक विभागमा योग्य कर्मचारी र जिम्मेवार बोध कर्मचारीको अभाव हुन्छ यस्ता घटना दोहोरी रहने छन् ।