गैर आवासीय नेपाली सङ्घ मकाउले नयाँ सदस्यता फारम खुलायो। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गैर आवासीय नेपाली सङ्घ मकाउले नयाँ सदस्यता फारम खुलायो।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

गैर आवासीय नेपाली सङ्घ मकाउको पाँचौ ए.जी.एम(अधिवेशन)को पूर्व सन्ध्यामा सङ्घको मिति २०१७/५/७ तारीक आइतबारका दिन बेलुकी ५ बजे बसेको बैठकले नयाँ सदस्यता फारम उक्त मितिबाट खुल्ला गरेको छ।यो फारम अधिवेशन सुरु हुनु भन्दा एक हप्ता अगाडी सम्म लिईने छ।विदेशी भूमि मकाउमा कार्यरत रहनु भएका नेपाली नागरिकले सङ्घको विधानमा भएको नियमलाई पालना गर्दै प्रक्रिया पुराएर यस सङ्घको सदस्यताको लागि निवेदन दिन सक्ने छन्।

विगतमा नयाँ सदस्यता बनाउदा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदले ५ युएसडी तोकेको थियो भने सन २०१७ का लागि भने ५ डलरबाट बढाएर १५ डलर पुर्याएको छ तसर्थ गैर आवासीय नेपाली सङ्घ मकाउले पनि प्रति व्यक्ति २०० मोप निर्धारण गरेको छ।गैर आवासीय नेपाली सङ्घ मकाउको सदस्यता लिई सक्नु भएका सदस्यहरूले पनि नविकरण गरी दिनु हुनका लागि गैर आवासीय नेपाली सङ्घ मकाउ हार्दिक अनुरोध गर्दछौ।

नयाँ सदस्यता लिनका लागि चाहिने कागज पत्रहरू:-
१.विदेशी भूमि मकाउमा २ वर्ष कार्यरत हुनु पर्ने छ।
२.पासपोर्टको फोटो कपी।
३.ब्लुकार्ड अर्थात् वर्क परमिट कार्डको कपी।
४.२ कपी पासपोर्ट साईजको तस्बिर चाहिने छ।