बिल गेट्स फ्री बने विश्वको धनी, बेजोस धेरै पछाडी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिल गेट्स फ्री बने विश्वको धनी, बेजोस धेरै पछाडी



एजेन्सी-शुक्रबार विश्वकै धनीमा अमेजनका सीईओ जेफ बेजोसलाई बिल गेट्सले पछि पारेका छन् । उक्त दिन उनको कुल सम्पत्ति ११० अर्ब डलर पुगेको ब्लूमबर्ग बिलियिनर सूचकले देखाएको छ ।

दुई वर्षको अवधिमा माईक्रोसफ्ट का सह संस्थापक शीर्ष स्थानमा उक्लिएको यो पहिलो पटक हो । गत वर्षको समान अवधिको तुलनामा सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा अमेजनको नाफामा झन्डै २८ प्रतिशतले गिरावट आएपछि गेट्सले बेजोसलाई गत महिना छोटो अवधिका लागि उछिनेका थिए । तर पहिलो स्थानमा गेट्सको अवधि छोटो अवधिका लागि मात्रै टिकेको थियो ।

यो वर्ष माइक्रोसफटको सेयर मूल्यमा झन्डै ४८ प्रतिशतले वृद्धि भएपछि गेट्सको सम्पत्तिमा पनि वृद्धि भएको हो । यसले कम्पनीमा उनको हिस्सेदारीको मूल्यमा वृद्धि गराएप्को थियो । अक्टोबरमा माईक्रोसफ्टले अमेजनलाई १० अर्ब डलरको क्लाउड कम्प्यूटिङमा पाखा लगाएको थियो ।

यो वर्ष बेजोसले आफ्नी पत्नी म्याकेन्जी बेजोससँगको डिभोर्समा अमेजनको ठूलो हिस्सा गुमाएका थिए । हाल उनसँग १०८.७ अर्ब डलरको कुल सम्पत्ति रहेको छ ।

गेट्सले हालै मात्र सिनेर एलिजावेज वारेन लगायतका केही डेमोक्र्याट राजनीतिक प्रतिद्वन्दीहहरुले प्रस्ताव गरेको सम्पत्ति करको जवाफमा केही टिप्पणी समेत गरेका थिए ।