हत्या अभियोगमा कारागारमा रहेका यादव एमाले धनुषाको उम्मेदवार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हत्या अभियोगमा कारागारमा रहेका यादव एमाले धनुषाको उम्मेदवार



धनुषा, असोज २३ ।

नेकपा एमाले धनुषाले हत्या अभियोगमा डेढ वर्षदेखि जलेश्वर कारागारमा रहेका एक व्यक्तिको नाम आगामी मंसिरमा हुने प्रतिनिधी सभाको उम्मेदवारका लागि सिफारिस गरेको खुलासा भएको छ ।

धनुषा क्षेत्र नं. १ वाट प्रतिनिधीसभाका लागि प्रत्यक्षतर्फबाट योगनारायण यादवको नाम सिफरिस गरिएको छ । उनी स्थानीय सबैलाको एक विद्यालयमा भएको गोलीकाण्ड र हत्याकाण्डमा डेढ वर्षदेखि पूर्वपक्षका लागि जलेश्वर कारागारमा छन् ।

प्रतिधिसभाका लागि ४ र प्रदेशसभाका लागि ८ वटा निर्वाचन क्षेत्र रहेको धनुषा जिल्लामा प्रत्यक्षतर्फ ३४ र समानुपातिकतर्फ ३६ जनालाई उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको धनुषा एमालेले जनाएको छ ।

प्रतिनिधि सभाका लागि धनुषा क्षेत्र नं. १ बाट योगनारायण यादव र सुधीरप्रसाद साहको नाम सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नं. २ बाट गंगाराम यादव, क्षेत्र नं. ३ बाट रघुवीर महासेठ र ४ बाट सत्रुधन महतो कोइरी र रघुवीर महासेठको नाम सिफारिस भएको छ ।