गायक याम क्षेत्री भेटिए तुम्बा पसलमा (भिडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गायक याम क्षेत्री भेटिए तुम्बा पसलमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे /माघ १८ 
केही समय साङ्गीतिक बजारमा त्यति नदेखिएका सर्जक तथा चर्चित गायक याम क्षेत्रीले केही दिन अगाडि उत्कृष्ट लोकदोहोरी गीत “तुम्बा तान्ने सुइरो”बजारमा लिएर आएका छन् ।

बहुचर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा आवाज उनै चर्चित गायक याम क्षेत्री र जुनु रिजालको सुमधुर स्वरमा सजिएको छ भने गीतको म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल ,राज सुबेदी लगाएतको अभिनय देख्न सकिन्छ । त्यस्तै गीतको भिडियो निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन् ।

करण चैसिरको उत्कृष्ट छायांकनमा तयार भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन् । समर्पण म्युजिक प्राली मार्फत बजारमा आएको गीतमा आफ्नै युटुब च्यानल “याम क्षेत्री “मार्फत गीत सार्वजनिक भएको छ ।