गायक ईश्वर पोखरेललाई कस्को झल्को आयो आँखा चिम्ले पछी(भिडियो हेर्नुहोस) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायक ईश्वर पोखरेललाई कस्को झल्को आयो आँखा चिम्ले पछी(भिडियो हेर्नुहोस)



हिमाल पोष्ट/काठमाडौं,पुस २५

भूगोल बाट टाडा रहेर पनि नेपाली संगीत प्रति निरन्तर लगाव राखेर दर्शक- श्रोता माझ छाहिरहेका गायक हुन् ईश्वर पोखरेल (अविरल) । पश्चिम नेपालको गुल्मीमा जन्मेका पोखरेल “‘जानु पर्यो नी म त लाहुर” उनको पहिलो गितको शीर्षक जस्तै सात वर्ष देखि अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका छन् । गुल्मी , बुटवल हुदै अस्ट्रेलिया सम्म जिबन यात्राहरु मोडिए पनि सांगीतिक यात्रामा निरन्तर लागेका पोखरेलले केहि दिन अगाडी“तिम्रै झल्को आइदिन्छ ”बोलको गीत सार्बजनिक गरेका छन्।

उक्त गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत, शब्द पूजा पोख्रेल “अपेक्षा”को रहेको छ । जीवन रसाइली काे निर्देशन रहेकाे म्युजिक भिडियोमा रेम्बो अधिकारी र पुष्पा गिरि ले अभिनय गरेका छन । भिडियो अस्ट्रेलिया कै मेलबर्न तथा सिड्नी आसपासमा छायांकन गरिएको छ ।

यस अघि “रात्तो रिबन” , “तिमी छैनौ त छैन शीतल”, “काली मोरी”, “मैले झैँ मर्ने बारे”, “मैले जति माया” जस्ता गीतले उनको नेपाली गीतसंगीत मा पहिचान बनिसकेको छ ।