गायक सिटौला माथि छ अभियोग ... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायक सिटौला माथि छ अभियोग …



कुनै समय थियो भरत सिटौलालाइ नचिन्ने युवा कमै थिए, एक ताकाका पप स्टार सिटौला केही समय टेलिभिजनमा व्यस्त रहे, अहिले फेरि नयाँ जोस र जाँगरको साथ नेपाली पप मार्केट तताउदै छन्।

अहिले निकै व्यस्त सिटौला सरल र हंसमुख छन्। “बैँस मा” भन्ने आफ्नै गीत मार्फत मोडलिङ यात्रा पनि सुरु गरेका हेन्ड्सम गाएक भरत सिटौला आफू माथि लागेका ६ अभियोग बारे के भन्छन् त….

प्रस्तुति:किंग खनाल 

१ बिचमा धेरै समय गायन क्षेत्रबाट भागेको, अर्कै पेसामा लागेको आरोप छ नि तपाईँलाई?

यो आरोप केही हदसम्म ठिकै हो तर पूर्ण रूपमा होइन म टेलिभिजनमा काम गर्थे साङ्गीतिक प्रोग्रामहरू नै बनाउथे ।मैले थुप्रै नेपाली गायक गायिकाहरुलाई सपाेर्ट गर्थे, मौका पाए सो हराएकै चाहिँ भन्न मिल्दैन बेला बेला गीतहरू नि निकालेकै हो तर चलेन त्यही भएर हराको जस्तो लाग्य होला ।

२ तपाईँलाई माया गर्ने धेरै थिए नि त्यो बेला, उनीहरूको मायालाई लत्याइदिनु भो, यो साङ्गीतिक बेइमानी होइन र?

मैले कहिले पनि श्रोताको मायालाई लट्टाएको छैन ।मेरो केही बाध्यताहरुले गर्दा म्युजिकमा धेरै सक्रिय हुन नसकेको पक्कै हो तर मैले मेरो स्रोतासंग कहिलाई बेमान गरेको छैन जब मैले सङ्गीतमा केही गरेछु मन भित्रबाट गरेछु त्यसैले बेमान मलाई नभन्नु होला ।

३ लेडिज फ्यानहरु सँग बढी अट्याचमेन्ट हुन्छ सिटौलाको भन्छन् नि?

के लेडिज ?के जेन्स ?सबैले प्राय मेरो गीत मन पराउछन मेरो लागी बराबर हुन सबै श्रोताको मायाले गर्दा अझै सम्म मलाई म्युजिकमा अगाडि बद्न ऊर्जा मिलेको छ सो यो आरोप एकदम निराधार हो ।

४ बैँस सक्किएपछी मोडलिङ गर्नु भएछ, अन्य कलाकार मा विश्वास नलागेर कि पैसो बचाउन यस्तो गर्नुभो?

कसले भन्यो बैँस सकियर मोडल भा भनेर अरे! म त बल्ल जोबन भाछु पहिला त म बच्चै थिए नि मोडल हुन नि बाध्यता छ के ..

५ सङ्गीत क्षेत्रमा अस्वस्थ बजारिकरण ले के यो क्षेत्रको न्याय गर्ला?

हो एकदम अस्वार्थ प्रतिस्पर्धा भइरहेछ राम्रा भन्दा हाम्राको बोल बल छ ।ट्यालेन्ट भन्दा नि चाप्लेसीमा धेरै गायक गायिकाको चुरिफुरी गर्दैछन त्यसैले म के भन्छु भन्दा श्रोता सचेत हुने बेला भएको छ अहिले राम्रो नराम्रो आफैले छुट्टाउनु पर्छ ।

६ स्टेज कार्यक्रमहरूमा आयोजक सँग निकै डिमाण्ड गर्नु हुन्छ भन्ने हल्ला छ नि?

छैन सामान्य मान्छे छु ।मलाई पैसा भन्दा नि सम्बन्धमा बढी विश्वास छ।त्यसैले डिमान्ड भन्दा नि असल कलाकार र सामान्य व्यवहार नै गर्छु र त्यही अनुसारको व्यवहार म नि चाहन्छु ।