क्रिस गेल भन्छन: अश्वेत शक्तिशाली हुन्छन्, मलाई गर्व छ - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

क्रिस गेल भन्छन: अश्वेत शक्तिशाली हुन्छन्, मलाई गर्व छ



एजेन्सी – क्यारेबियन टोली वेस्ट ईन्डिजको ब्याट्सम्यान क्रिस गेलले क्रिकेटमा समेत रंगभेद हुने गरेको बताएका छन् ।

अमेरिकामा एक अश्वेत नागरिकको प्रहरी कारबाहीमा निधन भएपछि विश्वभर उक्त घटनाको विरोध भइरहेको छ ।

अफ्रिकी मुलका ४६ बर्षिय जर्ज फ्लोयडको निधनपछि अमेरिकामा मानिसहरु आन्दोलित भएका छन् ।

घटनाले उग्र रुप लिएपछि अमेरिकामा दननौं शहरहरुमा कफ्र्यु लगाइएको छ भने राष्ट्रपति डोनाल्ट ट्रम्पले आन्दोलन सेना परिचालन गर्ने घोषणा गरिसकेका छन् ।

फ्लोयडको निधनको विश्वभर विभिन्न क्षेत्रकाव्यक्तिहरुले विरोध गरिरहका छन् ।

युरोपियन फुटबल क्लब र खेलाडीहरुले रंगभेदविरुद्ध अभिव्यक्ति दिएका छन् । सोही प्रशंगमा विष्फोटक ब्याट्सम्यान गेलले रंगभेदफुटबलमा मात्रै नभएर क्रिकेटमा पनि हुने गरेको बताएका हुन् ।

फ्लोयडको निधनपछि अमेरिकामा पुलिस र सरकारलाई अश्वेत विरोधी आरोप लागिरहेको छ ।

२५ मेमा मिनियापोलिसबाट सुरु भएको विरोध प्रर्दशन अमेरिकासहित विश्वभर यसको विरोध भइरहेको छ ।

गेलले सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै आफ्नो विचार राखेका छन् ।

‘कोही अरु मानिसका जीवन जस्तै अश्वेत मानिसको जीवनले पनि अर्थ राख्छ । नश्लवादी मानिसलाई लाज लाग्नुपर्छ । मैले संसारभर यात्रा गरेको छु, मैले आफै नश्लीय टिप्पणीको अनुभव गरेको छु,’ गेलले लेखेका छन्, ‘किनकी म अश्वेत हुँ । खाली फुटबल मात्र होइन, क्रिकेट समेत यसबाट अछुतो छैन । अश्वेत टिमभित्र सधै निराशमात्र हुन्छ । अश्वेत शक्तिशाली हुन्छन्, मलाई गर्व छ ।’

खेलकुदमा समेत विभिन्न समयमा रंगभेदी टिप्पणी देखिने र सुनिने गरेको छ । युरोपको शीर्ष डिभिजनको फुटबलमै खेलाडीमाथि दर्शकले रंगभेदी टिप्पणी गर्ने गरेका छन् ।