गजल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गजल



म प्यूँथेँ अझै पिलाई दियो मजा भैदियो
म भन्दा बढी उसैले पियो मजा भैदियो!!

चिनेको रहेछ उसले म झन् नचिन्ने बनेँ
कुरा जो सुनेर अल्मल्लियो मजा भैदियो!!

यता मस्त स्वप्नमा थेँ उता कुराई रहेँ
म जाँदा नि पर्खिएकै थियो मजा भैदियो!!

दुखएँ मुटु कतै बिर्सियो कि भन ठानेर
अहो धेर वर्षमा सम्झियो मजा भैदियो!!

मर्यो रे भनेर परदेशमा थियो सब रुँदै
आचनक जिएर ऊ फर्कियो मजा भैदियो!!

नानु मगर
किचनास, स्याङ्जा