गजल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गजल



तिमी बन्नु चङ्गा म धागो बनौंला
सबै चोट खप्ने अचानो बनौंला !!

हिडे हुन्छ छाती सडक सम्झिएर
हजुर दूर पुग्ने दोबाटो बनौंला !!

कुनै पाइलामा भएँ देखि बोझ
तिमी ढुक्क बस्नु बिरानो बनौंला !!

भरोसा दिलायौ टुट्यो जून जस्तै
तिमी डोको बन्दा म डालो बनौंला !!

कुनै दु:ख पर्दा नजिक बस्न आए
सधैँ लाज छोप्ने म टालो बनौंला !!

सानु पौड्याल
काभ्रेपाल्चोक