घरदैलो कार्यक्रममा बामगठबन्धन उत्साहित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घरदैलो कार्यक्रममा बामगठबन्धन उत्साहित



एन्जेश नेपाल , कपिलवस्तु /कार्तिक २४,

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि यति बेला संयुक्त बामगठबन्धनले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएको छ । बाणगंगा नगरपालिकाका २ र १० नं. वडामा पनि घरदैलो गरेको छ ।

आज भएको घरदैलो कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. १ का निबर्तमान सांसद बलराम अधिकारीको अगुवाईमा प्रतिनिधीसभा १ का उम्मेदवार चक्रपाणी खनाल बलदेव, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदार बिश्नु पन्थि, प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदार फजलुर रहमान, जन्जिर प्रसाद थारु, बिश्नु बेल्बासे लगायत एमाले र माओवादी केन्द्रका सयौ अगुवा कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिनिधीसभा १ का उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ ले आगामी दिनमा बाम पन्थीको जित सुनिश्चित रहेको बताउनु भयो । प्रतिक्रियाबादी र राष्ट्घाति शक्तिहरू बाम गठबन्धनका विरुद्ध भ्रामक प्रचार गर्न लागि परेकाले त्यसको भण्डारफोर गर्दै देशलाई आर्थिक समृद्धि र समाजवाद उन्मुख बनाउन बाम पार्टीलाई जिताउनु पर्ने पहिलो आवश्कयकता रहेकोमा जोड दिनु भयो ।