समीर आचार्यको घीन धीन बज्यो मादलु सार्वजनिक - भिडियो सहित - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

समीर आचार्यको घीन धीन बज्यो मादलु सार्वजनिक – भिडियो सहित



मस्त सुतेर रमाइलो सपना देखिरहेको बेला कसैले व्युँझायो भने कस्तो हुन्छ ? यो नियती समीर आचार्यले बेहोरेका छन् । तर वास्तविक जीवनमा नभएर चिन्तामणि शर्माको गीत घीनघीन बज्यो मादलु बोलको म्युजिक भिडियोको दृश्य हो, यो ।

अस्ट्रेलियामा रहेर ‘हैन भन्देउ न माया’, ‘दुनियाँ बेग्लै छ’,चट्ट सलाम छ लगायतका दर्जनौ गीतबाट चर्चा कमाएका आचार्यले आवाज दिएको गीतको भिडियो प्रदिप लामाले निर्देशन गरेका हुन् ।

भिडियोमा समीर आचार्य, सरिता उप्रेती, प्रदिप लामा, अमित बज्राचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मीया, सूचना पौडेल, श्वेता पौडेल, योगेश कार्की लगायतको अभिनयसहितको नृत्य हेर्न सकिन्छ ।

भिडियोको छायाङ्कन तथा सम्पादन अभियान थापाले गरेका हुन् ।

अस्ट्रेलियामा तीन दिन लगाएर छायाङ्कन गरिएको म्युजिक भिडियोमा समीर मुख्य भूमिकामा देखिएका छन् ।