बलात्कारको आरोपमा घोडाघोडीबाट एकजना पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बलात्कारको आरोपमा घोडाघोडीबाट एकजना पक्राउ



विशाल पाण्डेय/कैलाली

कैलालीमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका- ९ का २४ वर्षिय भुवन रावलले सोहि स्थानकी २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

बिहिवार राती करिब १ बजेतिर घरमा सुतिरहेको अवस्थामा घरको कोठामै आएर जबर्जस्ती करणी गरेको युवतिले जाहेरी दिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिए ।

पिडक रावल ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको र स्वास्थ परिक्षणको लागि जिल्ला लाने तयारी भएको प्रहरीले जनाएको छ ।