घोडाघोडी कप : महेन्द्र स्मृतिलाई हराउँदै घोडाघोडी सेमिफाइनलमा प्रवेश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घोडाघोडी कप : महेन्द्र स्मृतिलाई हराउँदै घोडाघोडी सेमिफाइनलमा प्रवेश



विशाल पाण्डेय / घोडाघोडी ।
कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा जारी ‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगितामा आयोजक घोडाघोडी क्लब ‘रातो’ विजयी भएको छ । सोमबार घोडाघोडी क्लब ‘रातो’ ले महेन्द्र स्मृति क्लबलाई एक का विरुद्ध दुई गोलले पराजित गर्दै घोडाघोडी क्लब विजयी भएको हो । विजयी भएसंगै घोडाघोडी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

जितका लागि घोडाघोडी क्लबको तर्फबाट चेतन कठायतले दुई गोल गरेका थिए भने महेन्द्र स्मृति क्लबको लागि नविब चौधरीले एक गोल गरेका थिए । प्रतियोगितामा घोडाघोडी क्लबका चेतन कठायतले म्यान अफ द म्याच घोषित भएका छन् ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ घोडाघोडी क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १०१ प्राप्त गर्ने छन् भने उप विजेता हुने टिमले १ लाख १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा मंगलबार स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङ र महेन्द्रनगर -११ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्ने छ ।