घोडाघोडी मन्दिर परिसरको पार्किङ व्यवस्थापनको लागि कार्यविधि बन्दै - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

घोडाघोडी मन्दिर परिसरको पार्किङ व्यवस्थापनको लागि कार्यविधि बन्दै



विशाल ,पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका- १ घोडाघोडी मन्दिर परिसरमा रहेको पार्किङ स्थल व्यवस्थापनका लागि घोडाघोडी नगरपालिकाले कार्यविधि बनाउने भएको छ ।

टेङ्गनुवा महिला सामुदायिक वनको स्वामित्वमा रहेको घोडाघोडीको पार्किङ स्थललाई व्यवस्थित बनाउनका लागि सरोकारवालाहरुसंग छलफल कार्यक्रममा सोमबार नगरपालिकाले कार्यबिधि बनाएर अगाडी बढ्ने जानकारी दिइएको हो ।

घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले कार्यबिधिमा रहेर काम गर्दा सहज र व्यवस्थापन हुने हुँदा नगरपालिकाले कार्यविधि बनाउने बताए । उनले घोडाघोडीको पार्किङमा धेरै नै आलोचना आएको हुनाले सामुदायिक वन र नगर सरकारलाई फाइदा हुनेगरी
कार्यविधि बनाएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकाले सबै सरोकारवालाहरुको कुरालाई समेटेर सामुदायिक वनलाई हित हुनेगरी कार्यविधि बनाएर त्यही अनुसारको काम गर्न सहभागीहरुले सुझाव समेत दिएका छन् । छलफल कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिश शरण भट्ट, वडा नम्बर १ का वडाध्यक्ष मनराज शाही, बिभिन्न सामुदायिक वनका प्रतिनिधि, समाजसेबी र पत्रकारहरुको सहभागीता रहेको थियो ।

टेङ्गनुवा महिला सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष महिना ढकालको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रमको संचालन राधा पाण्डेयले गरेकी थिइन् । सामुदायिक बनले यसअघि एक स्थानीयलाई ३ बर्षको लागि ठेक्का दिएपनी पुस मसान्तसम्ममा म्याद सकिने हुँदा माघ महिनादेखि नगरपालिकाले कार्यविधी बनाएर अगाडि बढ्ने बताएको छ ।