कृष्ण जन्माष्टमीको अवसरमा घोडाघोडी मन्दिर परिसर सरसफाइ - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कृष्ण जन्माष्टमीको अवसरमा घोडाघोडी मन्दिर परिसर सरसफाइ



हिमाल पोस्ट / घोडाघोडी ।
जैविक विविधता तथा पर्यटकिय क्षेत्रले महत्वपुर्ण कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा दैनिक पर्यटकको आगमन संगै फोहर पनि बढ्दै गएपछि स्थानिय आमा समूहमा रहेका महिलाहरुले सरसफाइ गरेका छन् ।

घोडाघोडी नगरपालिका वडा नं. १ घोडाघोडीमा रहेको उज्यालो आमा समूहका महिलाहरुले विहिवार मन्दिर परिसर तथा ताल वरपर रहेको प्लाष्टिक लगायतका फोहर वस्तुहरुलाई संकलन गरि ब्यबस्थापन गरेका हुन् । उनीहरुले सरसफाइ गरेको देखेपछि त्यहाँ रहेका ठेला ब्यवसाय तथा मन्दिरका पुजारी समेत सरसफाइमा सक्रिय भएका थिए ।

आमा समूहका सदस्य धनलक्ष्मी शाहीले शुक्रवार श्रीकृष्ण जन्माष्टमी परेको र मन्दिर परीसरमा फोहर देखीएकोले सो अवसर पारेर सरसफाई गरिएको बताइन् । ५ वर्ष पहिले गठन भएको उक्त आमा समूहले मासिक वचत गर्नुका साथै सामाजिक कुरिति हटाउने जनचेतना मुलक कार्य तथा सामाजिक कार्य गर्दै आई रहेको वताउदै समूहका सल्लाहकार मैना ढकालले सार्वजनिक महत्वपुर्ण स्थलको सरसफाई कार्य पहिलो चोटी शुरुवात गरेको र यसलाइ निरन्तर दिने बताइन् । उनले भनिन् , “घोडाघोडीको नाममा लाखौ वजेट आएपनि त्यसक्षेत्रमा हुने फोहर प्रति कसैको चासो नगएकोले हामी स्थानिय महिलाहरु जागरुक भएका छौ , अव हामी नियमित सरसफाइ गर्छौ र यहाँ मन्दिरमा वस्ने पुजारी तथा ठेला ब्यवसायलाइ समेत आफुले गरेको फोहर आफै ब्यवस्थापन गर्न भनेका छौ ।” आमा समूहका महिलाहरु सार्वजनिक कार्यमा एकजुट भइ लागेको देखेपछि सवैले तारिफ गर्न थालेका छन् ।