घोडाघोडीमा सहिद स्मृति प्रथम क्रीकेट कपको आयोजना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घोडाघोडीमा सहिद स्मृति प्रथम क्रीकेट कपको आयोजना



विशाल पाण्डेय / सुखड,कैलाली ।
घोडाघोडी क्रीकेट एकेडेमी र महेन्द्र स्मृति युथ क्लब साडेपानीको संयुक्त आयोजनामा सहिद स्मृति प्रथम क्रीकेट कप प्रतियोगिता हुने भएको छ ।

यहि पुष २८ गतेदेखि कैलालीको घोडाघोडी नगरपालिका -२ थुम्कीमा रहेको मालिका प्राथमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा टिम दर्ता गर्ने अन्तिम मिती पुष २५ गते बेलुका ४ बजेसम्म रहेको प्रतियोगिता संयोजक रमेश आचार्यले हिमाल पोस्टलाई जानकारी दिए । प्रतियोगितामा बिजेताले नगद २० हजारसहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेताले १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता नक आउट सिस्टमबाट खेलाइने छ भने जिल्ला भरबाट करिब २५ वटा टिमको सहभागी रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताको उद्घाटनमा धनगढी एकेडेमी र घोडाघोडी क्रीकेट एकेडेमी बिच मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ ।