कर्मचारीले घूस मागे सिधा १०७ मा फोन गर्नूस् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कर्मचारीले घूस मागे सिधा १०७ मा फोन गर्नूस्



 

१ भदौ, काठमाडौँ ।

सरकारी सेवामा धेरै जसो कर्मचारीले घुस मागेको धेरै सुनिन्छ । अब भने कुनै सरकारी कार्यालयका कर्मचारीले सेवा दिँदा बहाना बनाई घूस मागेर अनावश्यक दुःख दिए भने तपाईँले अब सिधै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फोन गर्न सक्नु हुने भएको छ ।

१०७ नम्बर डायल गरेर अनियमितता गर्ने सरकारी कर्मचारीलाई उजुरी दिन सकिने व्यवस्था अख्तियारले थालेको छ । यो नम्बरमा फोन गर्दा पैसा नलाग्ने लाग्दैन ।
सरकारी कार्यालयमा भ्रष्टाचार र अनियमितता बढेको गुनासो आउन थालेपछि सर्वसाधरणको सुविधाका लागि अख्तियारले यस्तो व्यवस्था गरेको हो ।

सरकारी निकायको भ्रष्टाचार र अनियमितताको छानबिन गरी मुद्दा चलाउने संवैधानिक निकाय अख्तियारले सरकारी कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन यस्तो सेवा सुरु गरेको जनाएको छ ।