गोहीले चपाएपनि बाँचे अर्जुन ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गोहीले चपाएपनि बाँचे अर्जुन !



नारायण ढुंगाना,

चितवन, ६ वैशाख । ठुलाठुला जेब्रा, अर्ना लगायतका वन्यजन्तुहरु गोहीले सजिलै मारेका घटना हामीले अन्तराष्ट्रिय टेलिभिजनबाट देख्छौं । गोहीले समाईसकेपछि फुत्कीने चान्स कमै हुन्छ ।

a2z samchar

बाघ, सिंहसँग राम्रै संघर्ष हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किएका छन् भन्दा तपाईलाई आश्चर्य लाग्ला । यहाँ तितो यथार्थ भएको छ । गोहीले समाएका बालब बालक सकुसल फिर्ता भए । अहिले उनी उपचाररत छन् ।
गएको यही चैत २५ गतेको भरतपुर महानगर २३ जगतपुर घैलाघारीका बाह्र बर्षिय बालक अर्जुन हरिजन सदा झै चितवन निकुञ्जको छेवेमा रहेको राप्ती नदीमा पौडी खेल्न गए । सधैं पौडी खेल्ने ठाउँमा त्यो दिनपनि साथीसँगै पुगे ।

अपरान्ह ३,४ बजेको थियो । एक्कासी हाम्फालेका अर्जुन गोहीको पिठ्यूँमा परेछन् । लेउले ढाकेर बसेको थियो गोही । लेउ नै सम्झे । ‘म हामफालें, गोहीको माथि परेछ, लेउ जस्तै बनेर बसेको रहेछ, म हाम्फालेपछि अनि झ्याप्पै हात समायो’ सम्झँदै अर्जुन भन्छन् ।

a2z

देब्रे हातमा समाएर ३ चोटी पछार्यो । त्यसलगत्तै पानी मुनी लग्यो । सामान्यतया गोहीले समाईसकेपछि पानी मुनी लगेर सासफेर्न नदिई मार्छ । ‘यो हात त सबै पड्यापुडुक भा छ’, गोहीले समाएको देब्रेहात देखाउँदै उनले भने ।
यती गर्दा पनि बालबको होस भने गएको थिएन । गोहीले आफैंलाई गरेको आक्रमण हेर्दै थिए । फुस्कने कोशिष उनको व्यर्थ थियो ।
‘मैले साथीहरुलाई एउटा हातले बोलाएँ, धन्न उनीहरु आए, पानी मुनि नै साथीहरुले गोहीको आँखामा हाने , अनि भाग्यो ।’ अस्पताल बेडबाट खुसीकासाथ घटना बताए ।

गोहीको आँखामा लाग्ने वित्तीकै भाग्दो रहेछ भन्ने उनले त्यो दिनबाट चालपाए । साथीहरुले पानी भित्रै गएर गोहीलाई डण्ठाले हानेको हेरिरहेका अर्जुन भन्छन्, म बेहोस् नै भाथिन, हेरिराथें,अब ज्यान बचेन भन्ने लाग्या थ्यो ।’
एउटा हात त गोहीले छाडे कै थिएन । टाउको समाउने प्रयास गर्दै थियो । गोहीसँगको संघर्ष सम्झँदै भन्छन् ‘टाउको समायो भने मार्छ भन्ने लागेर मैले अर्काे हातले रोक्न खोज्दा त्यो हात पनि टोक्यो ।’
भूँडीमा प्वाल पारेको छ । छातीका विभिन्न ठाउँमा गोहीले टोकेको छ । खुट्टा भरी घाउ नै घाउ छ । देब्रेहात तीन ठाउँमा भाँचिएको छ । पाखुरा र नाडीमा पत्ता राखेको छ । गोहीको मुखबाट फुत्किएर नयाँ जिवन पाएका अर्जुन खुसीहुँदै भन्छन् ‘ठिकै भा छ सन्चो हुन ला छ अब घर जाने ।’ अब कहिल्यै पौडी खेल्न नजाने उनी बताउँछन् ।

पैसा तिर्न सकेनन् परिवारले
उनहिरुका अनुसार सामान्य सुकुम्वासी परिवार एक कठ्ठा जमिन छ । त्यही पनि ऐलानी । घरको एउटा मात्रै छोरो । तीन छोरी । आमा फुलमायाँ अहिले १३ दिनदेखि छोराको उपचारमा चितवन मेडिकल कलेजमा छिन् ।

कलेजको अर्थाेपेडिक वाडको २९६ नम्बर बेडमा उनी छन् । अर्जुनकी दिदी सरिता पनि अस्पताल मै उनको हेरचाहमा छिन् । अहिलेसम्म करिव झण्डै २ लाख पैसा लागेको छ । ९ दिन आईसियूमा राखियो । एकदिन पोष्टअपमा राखेर ४ दिन अघि अर्थाेमा सारिएको हो ।

दवाईको ऋण खोजेर नगद नै तिरे । अस्पतालको पैसा झण्डै डेढ लाख तिर्न बाँकी छ । अस्पतालको विलको बिटो देखाउँदै आमा फूलमायाँ भन्छिन्, ‘यो पैसा कसरी तिर्नु ।’ बुबा रामबहादुर लेबर काम गर्छन् । फूलमायाँ मेलापात ।

‘म घरमै थिएँ,गोहीले तेरो छोरालाई टोक्यो, छोरो लिन जा भने गाउँलेले, त्यो सुन्दै ढलेछु, अनि मलाई थाहै भएन । भोलीपल्ट होस आयो र हस्पिटलको आईसियुमा छोरो छ भेट्न जाउँ भनेपछि अनि आ‘को,’ फुलमायाँले भनिन् ।

18009723_1321871994518109_1599511706_n
पैसा तिर्न चन्दा संकलन हुँदै

चितवनका एकजना सामाजिक अभियान्ता द्रोण सिवाकोटीले फेसबुकमा उनको दर्दनाक तस्विर हालेपछि घटना बाहिर आएको हो । उनी लगायत गाउँलेहरुले अहिले उनको उपचारका लागि चन्दा संकलन शुरु गरेका छन् । जसले सकेपनि सक्दो सहयोग पाए उनको अस्पतालको ऋण घट्ने थियो भन्छन् सिवाकोटी । पैसा नभएर परिवार पनि रन्थनिरहेका छन् ।

‘हिजो नै पैसा जम्मा गर् भनेको थियो, अर्जुनकी दिदी सरिताले भनिन्, १० हजार जम्मा गर्यो अरु गर्न सकिएन, गरिबले कहाँबाट ल्याउनु पैसा । गरिव परिवारलाई कसैले सहयोग गरिदिए हुन्थ्यो भन्छिन् उनी ।

अस्पताल ल्याउँदा नरुने कोही थिएन

त्यो दिनको सहयोगीको रुपमा आकस्मिक कक्षमा थिईन् अस्पतालकी कर्मचारी मञ्जु भट्ट । ल्याउँदा अस्पतालमा नरुनी कोही थिएन, मञ्जुले भनिन्, घाउहरु हेरिसाध्य थे’न ।’

भुँडीमा पारेको प्वालबाट आन्द्रा नै देखिन्थ्यो भनेर चिकित्सकले भनेको कुरा उनी सम्झिन्छिन् । ‘हड्डी नै टुक्रा भा थ्यो रे ।’ मञ्जु सुनाउँछिन् । साह्रै पिडा देखिएको बालक अहिले यस्तो हुँदा आफुलाई पनि खुसी लागेको मञ्जुले बताईन् । रासस