प्रधानमन्त्री भन्छन: सरकार र पार्टीमा बास्कोटामात्र योग्य छन् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री भन्छन: सरकार र पार्टीमा बास्कोटामात्र योग्य छन्



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन्।

ओलीले बास्कोटाको मुक्तकण्ठले प्रशंसा गर्दै सरकारमा भएका सबै मन्त्री र पार्टीमा भएका सबै नेताभन्दा बास्कोटा धेरै राम्रो भएको समेत बताएका छन्।

सोमबार मन्त्री बाँस्कोटको गृहजिल्ला काभ्रेपलाञ्चोक पुगेका प्रधानमन्त्री ओलीले उनको प्रशंसा गरेका हुन्।

प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई देख्नासाथ विरोधीहरु चुप लाग्ने बताए।

‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबैजस्तो भएको छ’, उनले भने, सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बास्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन्।’

धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काभ्रे प्रतिभा जन्माउने जिल्ला भएको बताए।

उनले काभ्रे विकासको सम्भावना भएको जिल्ला भएको बताए। सो अवसरका अर्गानिक खेती गरेर कीर्तिमानी राख्न काभ्रेवासीलाई उनले आग्रह समेत गरेका थिए।

सो अवसरका प्रधानमनत्री ओलीले स्व. मदन भण्डारीको शालिक अनावरण गरेका थिए।

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, सञ्चारमन्त्री गोकुल बाँस्कोटा खानेपानी मन्त्री बिना मगर धुलिखेल पुगेका थिए।