कस्तो होला गणेश र प्रियाको ‘गोगन पानीमा’ (भिडियोसहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कस्तो होला गणेश र प्रियाको ‘गोगन पानीमा’ (भिडियोसहित)



काठमाडौं – एक दशकअघि निकै चर्चित गीत ‘गोगन पानीमा’ अम्बर विरही गुरुङको शब्द, लय र स्वरमा रहेको थियो । ‘गोगन पानीमा’ यतिबेला फेरि चर्चित बन्दै छ । गोरखाली गायक गणेश गुरुङ र गायिका प्रिया श्रेष्ठले ‘गोगन पानीमा’ वोलको गीतलाई पुनः नयाँ ढंगमा बजारमा ल्याएका छन् ।

वास्तविक मौलिकता बोकेका लोकदोहोरीहरुको खडेरी भइरहेकै बेलामा आएको यस गीतले पुनः पहिलाको झल्को मेटाउने र नयाँपन दिनेमा पनि विश्वास लिइएको छ । हमाल म्युजिकले बजारमा ल्याएको यस गीतले मायाप्रेमभित्रको कौतुहलतालाई गहिराइमा पु¥याएको छ । लोकगीतप्रेमीहरुको मुखमुखमा कुनैबेला यसले राम्रो छाप छोड्न सफल भएको थियो भने अहिले पनि यसको बजार उत्तिकै सफल हुनेमा गायक गुरुङ ढुक्क छन् ।

–म त हजुर गोर्खाली ठिटो
कसैसित बोल्दिनँ नमिठो
गोगन पानीमा,
के के हुन्छ थाछैन जिन्दगानीमा

–म पनि त लमजुङ्गे चेली
पूर्णिमाको जुनजस्तै उजेली
गोगन पानीमा,
के के हुन्छ थाछैन जिन्दगानीमा

गोर्खा र लमजुङको आत्मीयतालाई मौलिकतामा गाँसेर मायाप्रेमभित्र रमाउन खोजिएको ‘गोगन पानीमा’ वोलको गीतले सरलतापूर्वक ग्रामीण भेगको मौलिक संस्कृतिलाई पस्केको छ । केटा र केटीबीचको रुपरंगभित्र रहेर मौलिकताको मायाप्रेमलाई लोकलयमा ढालिएको गीत हो ‘गोगन पानीमा’ ।

यस गीतले गायक गणेश गुरुङ र गायिका प्रिया श्रेष्ठलाई लोकदोहोरीको क्षेत्रमा उचाइ प्रदान गर्ने देखिन्छ । यस गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गाउँकै परिवेशलाई झल्काउँदै भट्टले भिडियो निर्माण गरेका छन् ।

करण चैंसिरको छायाँकन रहेको यस गीतको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गीतमा खेम गुरुङ र आरुसी अस्लामीले अभिनय गरेका छन् ।