गोपी,गोपीनी र सालघारीमा बोकाएको भुँडी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गोपी,गोपीनी र सालघारीमा बोकाएको भुँडी



~मेरो साथी छ गोपी भन्ने ! विहे लगत्तै विदेश गएको भएर ससुराली तिर त्यतीविधी रत्तीन नपाको ! विदेशबाट फर्केपछी बुढाबुढी संगै ससुराली जाने योजना बनाएछन बरा । अव ससुराली जान त जाने कोशेली चैं के लिएर जाने बुढी ..! गोपी मस्कीएछ गोपीनी संग । खसी लग्ने हो बुढा ! गोपीनीले योजना सुनाईछन। महंगै परेपनि लामो समय पछी जान लाको ससुराली गोपी ले ठिकैछन्त भनेर गजपको खसी किनेर लेराएछ ! खसी ल्याईसकेपछी यसो ठनास्सिएर सोच्दा जिउदै खसी के घिच्याउदै जानु काटकुट पारेर यसो ह्याकुलो यतै खाएर अनी बाकी लैजाम भन्ने सल्लाह गरेछन गोपी गोपीनी भान्सा कोठामा बसेर !

॰॰॰॰॰
खसी काटीयो , टाउको गर्धन र ह्याकुला पोलपाल पारियो गरेर सकेछन बुढोलाई तंग्र्याउन पर्छ विदेश बाट गलेर आको पोई भनेर गोपीलाई खुवाउन कुनै कसर बाकी राखीनछन गोपीनीले । राजखानी फ्राई, ह्याकुलो पोलेर तरह तरहका परिकार बनाएर खुवाईछन गोपीनी ले र बाकी बचेको मासु दुई पोका पारेछन। अव गोपी त गोपिनी लाई बहुत मयाँ अर्नी खालको दुलाहा परो , गोपीनी लाई के भारी बोकाउनु भनेर दुईटै पोका गोपीले आफै बोकेछ र लागेछन ससुराली तिर ।
॰॰॰॰॰॰॰
साला सालीलाई विदेशबाट गीफ्ट ल्याईदेकै थ्यो । अव गीफ्ट माथी कोशेली छुट्टै खसीको मासु … याँ भन्दा त क्यार्नी हो र आच्छा ज्वाई हुनलाई …!! साढुहरु भन्दा त म अब्बल ज्वाई हुम भन्नेकुरो मनमा खेलाउदै गोपी बुढीलाई अगाडी लगाएर गएछ ससुराली । तेर्सो बाटो जति त गोपी खुरुखुरु हिडेछ तर ससुराली पुग्न १५-२० मिनेटको उकालो सालघारी जंगलको बाटो पनि रहेछ। विदेश को पानी खाएर गाको गलेछ विचरा गोपी । अनी बुढाबुढी बाडेर कोशेलीको भारी बोक्ने सल्लाह गरेछन । हेर बुढा कोलपोखरी देखी यहा सम्म तिम्ले डुईटै पोका बोक्यौ अव यौटा म बोक्छु भनिछन गोपिनी ले । गोपी गोपीनीको माया मा फेरी नतमस्तक भएछ । ल त नानु यो ठुलो चैं फिलो र अरु मासु भएको पोको म बोक्छु यो भुडी भएको सानो पोको तिमी बोक भनेर बुढीको झोला माथी सानो पोको बोकाईदिएछ ।
॰॰॰॰॰॰॰
अव भारी थपिएपछी गोपीनीको हिडाईको चाल अलिकती घट्नेनै भयो । गोपीको भारी हलुंगो खुरुरु ससुराली पुगेछ । सासु जुठेल्नामा भाडा माझ्दै रैछीन । ज्वाई एक्लै आएको देखेर हत्तपत्त हात धोएर नमस्ते गर्दै सासुले सोधीछन -हैन के भनेर भन्देखीन ज्वाई .. ! छोरी खोई त ? गोपी विचरा सोझो जे हो त्यै भनेछ बरा ! सालघारीको फेदमा आईपुगेपछी बोक्छु की बोक्छु भनेर भनी ! मैले पनि ल त बोक न त भनेर भुँडी बोकाईदिएँ …! अली ठुलो भो भन्थी ! केटी त फलत्तै गलेर हिड्न सकीन ! तर पछी पछी आउदैछ चिन्ता नअर्नु सासु ..! यती जवाफ दिएर सासु तिर फर्केर हेरेको सासु अगी वेहोस भैसकेईरैछन । पानी छम्केर विउताएँ भन्थ्यो विचरा ।
~अहिले सम्म गोपीले सासु किन वेहोस भईन भन्ने कुरा बुझेको छैन अरे बरा ।
श्रोत: दुर्गा पंगेनीको ब्लग