ग्राण्डी अस्पतालमा पनि कोरोना संक्रमित भेटिए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ग्राण्डी अस्पतालमा पनि कोरोना संक्रमित भेटिए



काठमाडाैं- काठमाडौंको ग्राण्डी अस्पतालमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ग्राण्डी अस्पतालमा उपचार गराइरहेका एक बिरामीमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

शनिबार विहान कोरोना पुष्टि गरेका काठमाडौंका एक व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत बिरामी रहेको बताइएको छ ।

कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा उपचाररत व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीले संक्रमित व्यक्तिलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको पनि बताए ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको मन्त्रालय स्रोतले जानकारी दियो । बिरामीमा कोरोना संक्रमण देखिएपछि ग्राण्डी अस्पताल शिल गर्ने तयारी गरिएको जनाइएको छ ।