भयाबह छ खाडीको अवस्था, असुरक्षित गन्तव्य बन्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भयाबह छ खाडीको अवस्था, असुरक्षित गन्तव्य बन्दै



 
काठमाडौँ ,२५ साउन ।

खाडी मुलुक नेपालीहरूको गन्तव्य बनेको त लामो समय भयो । खाडीमा हुने कामदारका पीडा पनि हामीले बेला बेला सुन्दै आइ रहेका छौँ । समस्या बढ्दै गएपछि व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले उपसमिति तयार गरी खाडी मुलुकको अवस्थाको अध्ययन र स्थलगत अनुगमन गरेको थियो ।

उक्त अध्ययनले निकै नै भयाबह अवस्था देखाएको छ । सरकारलाई बुझाएको प्रतिवेदन यसप्रकार छ ।
मुलुकमा पर्याप्त रोजगारीको अवसर नहुँदा लाखौँ नेपाली युवायुवती कामको खोजीमा विदेशिने गरेका छन् । खाडीका साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र कुवेतमा लाखौँको सङ्ख्यामा नेपाली कामदार छन् ।

यी देशमा त्यहाँको जनसङ्ख्याभन्दा विदेशी आप्रवासी कामदारको सङ्ख्या बढी छ । यी देशमा आप्रवासी कामदारले त्यहाँको भौतिक निर्माण र सेवा क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याएका छन् ।

यी मुलुकमा दिनहुँ नेपाली कामदारले पीडा भोग्नु परेको तथ्यबाहिर आइरहेको छ । सङ्गठित मानव तस्करी र बेचबिखनमा परेर नेपालीले सम्झौता गरेअनुसारको तलब सेवा सुविधा पाइरहेका छैनन् ।

खाडीका यी मुलुक धार्मिक र राजतन्त्रात्मक शासन व्यवस्था भएकाले आप्रवासी कामदारको नियमन गर्न एकै प्रकृतिको प्रणाली काफला प्रणाली अपनाइएको छ । संयुक्त अरब इमिरेट्स र कतारले काफला प्रणालीमा सुधार गर्दै लगेका छन् । यी देशमध्ये साउदी अरबको कानुन अत्यन्त कठोर र पुरातन प्रकृतिको रहेको छ । यसैले गर्दा पनि त्यहाँ नेपाली कामदारको अवस्था अत्यन्तै दयनीय छ ।

खाडी सहयोग परिषद् (जीसीसी) अन्तर्गत रहेका साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली कामदारले पीडा र समस्या भोग्नु परिरहेको छ ।
यस्ता छन् नेपाली कामदारले खाडीमा भोग्नु परेको पीडा

– सङ्गठित मानव तस्करी र बेचबिखन

– मानव ओसारपसार र तस्करी नियन्त्रणमा राज्यका निकायको बेवास्ता

– वैदेशिक रोजगारीमा व्यापक ठगी र लुटतन्त्र

– दोहोरो श्रम सम्झौताका कारण भइरहेको शोषण

– खाडी मुलुकमा प्रचलित काफला प्रणाली

– नाम मात्रको अभिमुखीकरण तालिम

– अपर्याप्त र अनुपयुक्त बसोबास र खानपान

– घरेलु कामदारको दयनीय अवस्था

– नेपाली दूतावास तथा नियोगको कमजोर उपस्थिति र अप्रभावकारी कूटनीति

– नेपालीकै कारण उत्पन्न समस्या