कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु : गुल्मीका शिक्षकको ज्यान गयो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु : गुल्मीका शिक्षकको ज्यान गयो



नोट: यो समाचार हामीले प्रदेश ५ का एकजना मन्त्रीज्युले दिएको सुचनाको आधारमा तयार पारेका थियौं । पछि उनको मृत्यु नभएको भन्दै अस्पतालले विज्ञप्ति जारी गरेको थियो । यसबाट पर्न गएको असरप्रति हामी क्षमाप्रार्थी छौँ ।

काठमाडौं- बुटवलमा उपचाररत गुल्मी मदाने गाउँपालिकाका एक शिक्षकको बुधबार मृत्यु भएको छ । यससंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बुटवलको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेका उनको बुधबार बिहान मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । स्वास्थ्य मन्त्रालयले केहि बेरमा उनको मृत्युबारे आधिकारिक पुष्टि गर्ने तयारी गरिरहेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने उनि तेस्रो व्यक्ति बनेका छन् । केहिदिन अगाडी उच्च ज्वरो आएका कारण उनि उपचारका लागि अस्पताल भर्ना भएका थिए । कोरोनाको शंका लागेपछि उनको परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

नेपालमा हालसम्म ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य ३ जनाको ज्यान गएको छ भने ३७ जना उपचार पछि घर फर्केका छन् ।