१० लाखको गुरुदक्षिणा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

१० लाखको गुरुदक्षिणा



चितवन –

आर्थिक अभावले उपचारमा समस्या झेलिरहेका माडी १ गर्दीका शिक्षक देवेन्द्र प्रसाद पौडेललाई पूर्वविद्यार्थीले १० लाख ४२ हजार रुपैयाँ सहयोग गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।

स्वदेश र विदेशमा रहेका पूर्वविद्यार्थीले स्वस्फुर्त रकम सहयोग गरेका हुन् ।

पौडेल लामो समहदेखि फेक्सोको क्यान्सरले पीडित छन् । अहिले भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार चलिरहेको छ ।

-उनले ०३५ पुसबाट माडी माविमा अध्यापनको काम सुरु गरेका हुन् ।
-०४० पुसमा सोमेश्वर माविमा पढाउन पुगे ।
-०७१ साउनमा अवकाश लिए ।

पूर्व विद्यार्थी उमाकान्त शमाृको नेतृत्वमा सामाजिक सञ्जाल फेसबुकमा सहयोग अभियान चलाइएको थियो ।