गुरुङले गरे कांग्रेस केन्द्रीय सभापतिमा उम्मेद्वारी घोषणा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गुरुङले गरे कांग्रेस केन्द्रीय सभापतिमा उम्मेद्वारी घोषणा



खोटाङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले कांग्रेसको आसन्न महाधिबेशनमा सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

नेपाल प्रेस यूनियन खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले यस्तो घोषणा गरेका हुन् ।

प्रदेश नम्बर १ का विभिन्न जिल्लाको दौडाहामा रहेका गुरुङले खोटाङ पुगेर केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पार्टीभित्र एक जनाले मात्र अवशर लिइरहेको अवस्थामा सवैलाई न्यायोचित अवसर सुनिश्चितता एवं निर्णायक तहमा पृथक–पृथक व्यक्तीको उपस्थितिका लागि सभापतिमा उम्मेद्वारी घोषणा गरेको बताए ।

‘फेरि पनि भन्छु महाधिबेशनमा म कल्याणकुमार गुरुङ पार्टीको सभापति पदमा उम्मेद्वारी दिन्छु । म केन्द्रीय सभापति पदको उम्मेद्वार हुँ,’ गुरुङले भने, ‘पार्टीभित्र सवैको न्योचित अवसर र पृथक–पृथक व्यक्तीबिचको प्रतिनिधित्वका लागि पार्टीको केन्द्रीय सभापतिमा मैले उम्मेदवारी दिएको हुँ ।’