गायक विश्वास नेपालको स्वरमा आधुनिक गीत “मायाको कारण ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

गायक विश्वास नेपालको स्वरमा आधुनिक गीत “मायाको कारण ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र ८

नेपाली साङगितिक क्षेत्रमा विगत २०६२ साल देखी निरन्तर रूपमा लागी परेका अर्घाखाँची जन्मिएका गायक हुन विश्वास नेपाल, गायक मात्र नभएर नेपालले दुई सय भन्दा बढी गीतमा सङ्गीत पनि भरि सकेका छन् कोसी कर्णाली भन्ने गीतबाट साङ्गीतिक यात्रा सुरु गरेका उनी हाल सम्म आधा दर्जन गीतमा मोडलको रूपमा पनि देख्न सकिन्छ ।

केही समय अगाडि नेपालले बजारमा ल्याएको हाम्रो प्यारो अर्घाखाँची गीतले नेपाललाई यस क्षेत्रलाई निरन्तरता दिन थप टेवा पुरायो । यस्तै उनीका सगरमाथा डुब्छ, बिर्सु कसरी, मुग्लिङ बजार बोलका गीतहरुले पनि राम्रै चर्चा बटुलेका थिए । प्राय जसो लोक दोहोरी गीतमा स्वर दिएका नेपालले हाल रिलिज भयको गीत “ माया को कारण” अाघुनिक गीतमा पहिलो पटक स्वर भरेका छन्, चेतन थापाको निकै उत्कृष्ट शब्द / सङ्गीत रहेको गीतको एरेन्ज उनै नेपालको नै रहेको छ ।

माया प्रेममा मिलन बिछोडलाई आधार बनाएर निर्माण गरिएको गीतको भिडियोलाई निर्देशक दुर्गा बिरहीले निर्देशन गरेका छन् भने बासु बरालको को छायांकनमा गीतलाई अनुप सुवाकोटीको सम्पादन रहेको छ । चेतन थापा र नुना अार्यनको अभिनय रहेको गीतलाई अर्घादरवार फिल्म प्रा.लीले बजार व्यवस्थापन गरेको छ।

https://youtu.be/CrPToHZ03VA