गाउँपालिका अध्यक्ष र वडाध्यक्ष समूह विच 'ग्याङ फाइट' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष समूह विच ‘ग्याङ फाइट’



सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा जनप्रतिनीधि विचको विवाद उग्र बन्दै गएको छ । विवादकै कारण गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्ष समूह विच झडप हुदाँ ३ जना जना घाईते भएका छन भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।

गाउपालिकाको वडा नं. ६ सिमरा स्थित गाँउपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्षसँग रुष्ट रहेका वडाध्यक्षहरुले आइतवार साझ ५ बजे ताला लगाएका थिए । वडा अध्यक्षहरुले लगाएको ताला खुलाउने क्रममा सोमबार विहान ११ बजे दुई पक्षवीच झडप भएको थियो । झडपमा परी गाँउपालिकाका अध्यक्ष जवहारलाल राय पक्षका एक जना र वडा अध्यक्षहरु पक्षका दुई जाम रहेका छन् । गाउँपालिका अध्यक्ष पक्षका घाईते हुनेमा सोही गाउँपालिका वडा नं. ६ का ४० वर्षिय राजकिशोर राय रहेका छन् । वडाध्यक्ष पक्ष तर्फका घाईते हुनेहरुमा सोही गाउँपालिकाकै बारा बेल्बा बस्ने ४५ वर्षिय अरबिन्द कुमार सिंह र २२ वर्षिय आदित्य यादव रहेका छन् । घाईतेहरु मध्ये वडा अध्यक्ष पक्षका अरबिन्दको टाउको गहिरो चोट लागेकोले मलंगवा अस्पताल सर्लाहीमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि काठमांडौं रेफर गरिएको मलंगवा अस्पताल सर्लाहीले जनाएको छ । अन्य दुई जनालाई सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ ।

सो सामाचार तयार पार्दा सम्म घटना स्थलमा अप्रिय घटना हुन नदिन ठुलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचाल गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव निरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिनुभयो । घटना बारे गाउँपालिका अध्यक्ष जवाहरलाल यादबसँग बुझ्दाँ आफु गाउपालिकामा द्वन्द नभई मित्रता चाहेको बताएका छन् । वडा अध्यक्षहरुको जायज माँग आफु जहिले पनि सम्बोधन गर्न तयार तयार रहेको गापा अध्यक्ष यादवले बताउनु भएको छ । आफुले वडाअध्यक्षहरुलाई पटक पटक वार्ताको लागि बोलाउँदा पनि गाउपालिकामा नआई अचानक आइतवार साझ मानिसहरुको भिड ल्याइ प्रमुख प्रशासकिय अधिकृत अशोक साहलाई गाली बेइजत गर्नुको साथसाथै हातपात गरी तालाबन्दी गरेको अध्यक्ष यादबले आरोप लगाएका छन् । आफु काम विशेषले काठमाडौं गएको मौका छोपी गाउँपालिकामा वडा अध्यक्षहरुले ताला लगाएको गापा अध्यक्षको दावी छ । उनले गापा कार्यालयमा ताला लगाएको कुरा आफुले टेलिफोनको माध्यमबाट थाहा पाएको बताएका छन् । तालाबन्दीको वारेमा जानकारी हुने बितिकै आफु राति नै सर्लाही फर्केको अध्यक्ष यादवको भनाई छ । गाउँपालिकामा ताला लाग्दा जनताका काम रोकिने भएकोले सोमबार विहान ताला खोली कार्यालय संचालन गर्दा एकासी वडा अध्यक्ष पक्षका भिड आएर गाली गलौज गरेपछि स्थानिय र वडाअध्यक्ष पक्ष बिच झडप हुन पुगेको गाउपालिका अध्यक्ष यादबले बताए । कानुनले कसैलाई पनि सरकारी कार्यालयहरुमा तालाबन्दी गर्ने अधिकार दिएको छैन त्यही अनुरुप आफुले ताल्चा फुटाई कार्यालय संचालन गरेको अध्यक्ष यादबले बताए ।

वडा अध्यक्षहरु गाउपालिका आउँदा आफुसित वार्ता गर्नुको साट्टो भिड लिएर झडप गराउनु राम्रो नभएको अध्यक्ष यादबले बताए । गाँउपालिकामा विगत तीन महिना देखि वडाध्यक्ष र गाँउपालिका अध्यक्ष बिच विवाद कायम छ । वडाध्यक्षहरुले सुविधाको लागि अपाचे मटोरसाईकल खरिद नदिएको भन्दै पटकपटक विरोध गर्ने गरेको गाँउपालिकाका अध्यक्ष रायको भनाइ छ । उता वडाध्यक्षहरुले त्यो आरोप झुट्टा भएको र गाउपालिका अध्यक्ष रायले प्रधानमन्त्री रोगगार कार्यक्रमको रकम हिनामिना गरेको आरोप लगाएका छन । गाउँपालिका अध्यक्ष र वडाअध्यक्षहरुले विगतमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आफ्ना असन्तुष्टी बाहिर ल्याएका थिए ।