अन्तराष्ट्रिय नेपाली समाज भारतद्वारा नेपाली राजदूतावासमा ज्ञापनपत्र - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

अन्तराष्ट्रिय नेपाली समाज भारतद्वारा नेपाली राजदूतावासमा ज्ञापनपत्र



नया दिल्ली , २७ मंसिर । अन्तराष्ट्रिय नेपाली समाज भारतले दिल्ली स्थित नेपाली राजदूतावासको कार्यलयमा  महामहिम राजदुत दिपकुमार उपाध्यायलाई ज्ञापनपत्र बुझाएको छ ।

नयाँ शक्ति पार्टी नेपालका संगठन बिभाग प्रमुख देबेन्द्र पौडेल, अन्तरिम केन्द्रिय परिषद सदस्य कृष्णराज गैरे र दिल्ली संयोजक रमेश शर्मा लम्सालको टिम गएर नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाएको हो ।

समाजका संयोजक मोहन राउतको हस्ताक्षर भएको सो विज्ञप्तीमा निम्न बुदा समावेश गरिएको छ ।
१. नेपाली साधारण जनताले भारतमा आउने जाने बेलामा भारत नेपाल भन्सार सुरक्षा चेकको नाममा दैनिक पाउनु परेको लुटपाट सास्ती भोग्दै आइरहेका छन् । यो समस्याको उच्चस्तरबाट समाधान गरियोस् ।

२. नेपाली जनताले भारतमा बस्दा जुन सुकै निकाय वा औद्योगिक वाणिज्य, व्यवसायिक र निजी क्षेत्रमा काम गर्दा आफ्नो नेपाली नागरिकताको आधारमा काम गर्न पाइयोस र नेपाली नागरिकतालाई हामी नेपाली जनताको हकमा मान्यता प्राप्त विशेष प्रमाण पत्रको मान्यता दिईयोस् ।

३. भारतमा चर्चित, नामी ठुला अस्पतालहरुमा अन्यको तुलनामा नेपालीहरु बिरामी दैनिक निकै संख्यामा आफ्नो उपचार गर्न नेपालबाट भारत आउछन र उपचार गरिरहेका छन् । तर नेपाली जनतालाई यहाँको उपचारको क्रममा दोस्रो मुलुकको सरह सबै दस्तुर तिर्नु पर्ने समस्याको निवारण उच्च स्तरबाट निवारण गरियोस् ।

४. नेपाल सरकारले आफ्नो विदेश नितीलाई स्पस्ट र ठोस पारदर्सी बनाइ दुई देशबिचको भाइचारा सम्बन्धलाई अझै विकसीत गरी आफ्नो स्थानमा राख्दै अगाडी बढियोस र नेपाल सरकारले चालेको आफ्नो घरायसी मामलामा अन्य मुलुकले गरिरहेको हस्तक्षेप तुरुन्त बन्द गरियोस् ।gyapan-patra