कुख्यात ह्याकरहरू 'फेरि सक्रिय': भेटीए डरलाग्दा तथ्य - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कुख्यात ह्याकरहरू ‘फेरि सक्रिय’: भेटीए डरलाग्दा तथ्य



बीबीसी- पूर्ण रूपमा निष्क्रिय भएको भन्ठानिएको ह्याकरहरूको एउटा कुख्यात समूह विश्वभरि भइरहेका साइबर आक्रमणमा संलग्न रहेको देखिएको छ।

साइबर सुरक्षा कम्पनी सेक्युरवर्क्सस्थित अनुसन्धानकर्ताहरूले कम्प्युटरका नयाँ भाइरसबारे गरेको विश्लेषणपछि पछिल्लो निष्कर्षमा पुगेको बताएका छन्।

त्यसका लागि ग्याण्डक्याबका सदस्यहरू जिम्मेवार रहेको अनुसन्धानकर्ताहरूको दाबी छ।

ह्याकरहरूको गिरोह रुसी भएको ठानिएको छ र यसअघि उनीहरूले कस्टोमाइज्ड र्‍यान्समवेअर अरू अपराधीहरूलाई बेचेका थिए।

तथ्याङ्क

उनीहरूको कोडले पीडितका कम्प्युटरमा भएका तथ्याङ्क हात पारेको र त्यसलाई जोगाउनका निम्ति अनधिकृत मोलतोल गरेको बताइएको छ।

यसले अस्पतालसहितका करिब १५ लाख उपकरणलाई प्रभावित पारेको अनुमान गरिएको छ।

दुई अर्ब डलरभन्दा बढी आम्दानी गरेपछि सो गिरोहले गत मे महिनामा अब “निष्क्रिय” हुन लागेको भन्दै धेरैलाई आश्चर्यमा पारेको थियो।

गिरोहको हिस्सा भएको दाबी गरेका कसैले गैरनगदलाई नगदमा रूपान्तरण गरी समूहबाट अलग भएको बताएका थिए।

उक्त गिरोह सन् २०१८ को ज्यानुअरीदेखि सक्रिय भएको थियो।

गल्ती

तर सेक्युरवर्क्सले र्‍यान्समवेअरमा देखिएको एउटा नयाँ समस्या रिभिल अथवा सोन्डिनोकिबीलाई सोही गिरोहसँग जोडेर हेरेका छन्।

त्यो मालवेअरले टेक्ससका २२ वटा महानगरपालिका साथै दन्त अस्पतालका सयौँ उपकरणमा ठूलो क्षति पुर्‍याएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार नयाँ कोड यसअघिका आक्रमणका जस्तै मात्रै नभई समान प्रकृतिको गल्ती समेत देखिएको छ।

सेक्युरवर्क्सस्थित काउन्टर थ्रेड युनिटका निर्देशक डन स्मिथले भने, “त्यो गिरोह फेरि ब्युँतिएकोमा हामीलाई आश्चर्य लागेको छैन।”